काठमान्डौं । चलचित्रकर्मी सामाजिक कार्यलाई प्रचार गरेर मिडिया तारिफ पाउन उनीहरु सधै लालयित हुन्छन् । कलाकारले गर्ने सामाजिक कार्य अरुका लागि पनि प्रेरणादायी हुने भएकाले उनीहरुको सक्रियताको ठूलो अर्थ राख्छ ।
चलचित्र रिलिजको बेलामा दर्शकलाई ‘भगवान’ भन्दै हलसम्म आउन नमस्कार गर्ने चलचित्रकर्मी तीनै दर्शकलाई आपत्त पर्दा कती सक्रिय हुन्छन् नेपालले विगत डेढ बर्षदेखि को’रोनाको महामा(री भो’गिरहेको छ । केही दिन अगाडि मात्र बाढी पहिरोका कारण देशका धेरै ठाउँका मानिसहरु समस्यामा परेका छन् ।
अक्सिन अभावमा अक्सिन संकलन र वितरणमा सक्रियतादेखि खानेकुरा वितरण, बाढी प्रभावितलाई सहयोग वितरणमा कलाकारको सक्रियता देखियो । चलचित्र क्षेत्रमै रहेर समस्यामा परेका प्राविधिकरुलाई आर्थिकदेखि खाद्यन्न सहयोगमा पनि थुप्रै कलाकार सक्रिय रुपमा लागे ।
तर, नेपाली चलचित्र क्षेत्रका केही स्टार कलाकारको मौनता महा,मा,रीमा पनि उ’देकलाग्दो देखियो ।नायक अनमोल केसीलाई चलचित्र क्षेत्रले ‘मेगास्टार’ भन्ने गरेको छ । नेपाली चलचित्रमा सर्वाधिक महंगो पारिश्रमिक लिने नायक हुन् उनी । तर, महा,मारी, लकडाउन, बाढी प’हिरोको समयमा पनि अनमोल सामाजिक संजाल र भौतिक रुपमा खासै सक्रिय देखिएनन् ।
बरु, उनी सामाजिक संजालमा विभिन्न विज्ञापनका पोष्टहरु राख्दै प्रमोशनमा नै सक्रिय देखिए ।नायक प्रदिप खड्काको सक्रियता पनि खासै देखिएन । नेपाली चलचित्र सर्वाधिक महंगो पारिश्रमिक लिने अर्का नायक हुन् प्रदिप । चलचित्र ‘प्रकाश’को छायांकन सकेर काठमाण्डौ फर्किएको भोलीपल्ट नै निषेधाज्ञा भएपछि प्रदिप पनि घरमै रहे ।
तर, उनको सक्रियता न त सामाजिक संजाल न त भौतिक रुपमा नै देखियो ।नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि यो समयमा मौन नै रहिन् । सामाजिक संजालबाट अनलाइन कपडा विक्री गर्दै आएकी साम्राज्ञीको यो समयमा पहिरनकै प्रमोशनका तस्वीर बढी देखियो ।
भौतिक रुपमा कुनै पनि समयमा सक्रिय नदेखिएकी यी नायिकाले सामाजिक संजालबाट जनचेतना जगाउने, कुनै पनि बिषयमा आवाज उठाउने गरेको खासै पाइदैन ।
उनी, नेपाली चलचित्रकी सर्वाधिक महंगी नायिका हुन् ।नेपाली चलचित्र क्षेत्रका केही कलाकार सक्रिय रुपमा सामाजिक सेवामा सक्रिय रहँदा केही ‘स्टार’ कलाकारको मौनता भने दुःखद हो । पक्कै दर्शकले पनि यो कुराको मनन गरेको हुनुपर्छ ।