नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध !

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध बनेको छ । सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् ।

मैतीदेवीकी सुष्मा भण्डारीले टेलिकमको मोबाइल सेवामा विहानैदेखि अवरोध आएको बताइन् । उनले भनिन्, ‘घर (बुटवल) फोन गर्न खोजेकी थिएँ, फोन लागेको छैन । तारन्तार फोन गर्दा सम्पर्क हुन सकिरहेको छैन । टेलिकमकै समस्या होकी ?’

बुधबार बिहानदेखि नै टेलिकमको नेटवर्कमा समस्या रहेको भएपनि बिहान साढे ८ बजेसम्म समस्या समाधान भएको छैन ।

नेपाल टेलिकमको सेवामा बेलाबेलामा समस्या आउने गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = four