दसैंअघि होला त लकडाउन ? यस्तो छ सरकारको तयारी…

काठमाडौं : मुलुकभर बुधबार एकै दिन ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमणको यो संख्या हालसम्मकै बढी हो। सक्रिय संक्रमितको संख्या पनि २५ हजार ७ पुगेको छ। कोरोना संक्रमण तीव्र वृद्धि भए पनि सरकार भरसक लकडाउन वा स्वास्थ्य सं’कटकाल घो’षणा नगर्ने पक्षमा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले कतिपय अस्पतालमा थप श’य्या व्यवस्थापन गरेर भए पनि लकडाउन घो’षणा नगर्ने योजना रहेको बताए ।‘दसैंअघि भ’रसक लकडाउन वा स्वास्थ्य सं’कटकाल घो’षणा गर्ने कुनै योजना छैन’, मन्त्रालयअन्तर्गतको इ’न्सिडेन्ट क’मान्ड सि’स्टमका ती पदाधिकारीले भने।

कोरोना संक्रमितहरू घरमै र संस्थागत आ’इसोलेसनमा बसिरहेका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ जना छन्। घरमै ९ हजार १ सय ७२ जना आइसोलेसनमा बसेको प्रवक्ता गौतमको भनाइ छ। प्रवक्ता डा. गौतमले पनि तत्काल लकडाउन घो’षणा गर्नुको औ’चित्य नभएको बताए। ‘अस्पतालमा शय्या पुगेसम्म लकडाउन घो’षणा हुँदैन’, उनले भने, ‘स्वास्थ्य सं’कटकाल घो’षणा गरेर पनि के गर्ने ? बाहिर निस्कँदा नागरिकले मास्क लगाउने र भौतिक दूरी कायम गरे पनि हुन्छ।

जनताले केही नगर्ने, सरकारले विभिन्न घो’षणा गरेर मात्र के गर्ने ?’ उनले नै केही समयअघि नियमित प्रेस ब्रिफिङका क्रममा सक्रिय संक्रमित २५ हजार नाघे लकडाउन हुन सक्ने बताएका थिए। उनले बुधबार भने कोरोना संक्रमण बढिरहेको बेला पनि बिनाकाममा बाहिर निस्कने, घुमफिर गर्ने, भौतिक दूरी कायम नगर्ने र मास्क नलगाउने प्रवृत्ति कायम रहेकोमा चि’न्ता व्यक्त गरे। ‘संक्रमितहरू बढेकाले बे’ड तथा अस्पताल थप्दै जानुपर्छ। कतिपय ठाउँमा अस्पताल पूरा क्षमतामा चलेका पनि छैनन्। बेडको व्यवस्थापन हुन सकेसम्म हामीले लकडाउन वा स्वास्थ्य सं’कटकाल कुनै पनि घो’षणा गर्दैनौं’, उनले भने। अन्नपुर्ण पोस्टबाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 5 = seven