माधव नेपाल भन्छ्न: ओलीले गल्ती सुधारे भने ठाउँ दिन सकिन्छ, कसो शेरबहादुर जी ?

काठमान्डौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सुधार गर्ने हो भने ठाउँ दिन सकिने बताएका छन्।

उनले ओलीको अहंकारले अहिलेको परिस्थिति सिर्जना भएको बताए।

प्रतिनिधि सभा विघटन विरूद्धमा राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका विपक्षी गठबन्धनले आज संघीय संसद भवन बानेश्वरमा गरेको सम्पादकहरूसँगको भेटघाटमा नेता नेपालले ओलीले कोर्स करेक्सन गर्नुपर्ने बताए।

‘ओलीले मलाई कारवाही नै गरेका छन् त यो कौन पुछे खेसरीका दालजस्तो हो,’ उनले भने, ‘देश र जनताभन्दा माथि अरू कोही हुन सक्दैन।’

उनले प्रतिनिधि सभा विघटन बदर हुनुपर्ने पनि बताए।

‘ओलीको अहंकारले यो सबै भइरहेको छ। ओलीले गल्ती सुधारे भने ठाउँ दिन सकिन्छ, कसो शेरबहादुरजीरु,’ देउवातिर हेर्दै उनले भने।

सोही कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असंवैधानिक काम राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको बताए। लोकतन्त्र बचाउन विपक्षी गठबन्धन बनेको उनको भनाइ थियो। उनले प्रतिनिधि सभा विघटनविरूद्ध जनपरिचालन गर्ने बताए।

‘मध्यरातमा राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधि सभा विघटन भयो। प्रधानमन्त्री ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गरेका छन्,’ उनले भने, ‘१४९ सांसदको हस्ताक्षर वेवास्ता गरियो।’

उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले निरंकुश शासन चलाउन चाहिरहेको आरोप लगाए। उनले प्रतिनिधि सभा विघटन बदर हुनुपर्ने पनि बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = four