प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप

पोखरा । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहको सरुवा भएको छ । सिंहको स्थानमा डीआईजी उमेश रञ्जितकार प्रदेश २ मा आउने भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ ।
सम्बन्धित समाचार।।।

गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी सिंहले पाएका छन् ।

हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ । गृहले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ ।

प्रदेश १ मा अरुणकुमार वीसी, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य पठाइएका छन् । कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेल पठाइएका छन् ।

गृहमन्त्री स्तरीय निर्णयबाट १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fourteen + = twenty one