ओलीले भने: राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको छ

काठमान्डौं । प्रधानमन्त्री ओली केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा शुक्रबार आयोजित परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रप्रतिको गैहभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले त्यसो गरेको तर्क गरेका हुन् ।

उनले भने “अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चलेको छ । हिजो पनि केही भूतपूर्वहरूको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपतिभन्दा राजा राम्रो भन्नेसम्म उहाँहरू पुग्नुभयो ।”

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको स्वीकार गर्दे राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने बताए ।

उनले लोकतान्त्रिक प्रणालीको परराष्ट्र नीति लोकतान्त्रिक नै हुने र आन्तरिक नीतिको प्रतिबिम्ब नै अन्तर्राष्ट्रिय मञ्चहरूमा देखिँदै आएको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + two =