गाँ,जा फडानी बढाउँदै नेपाल प्रहरी !

काठमाडौँ — बेलाबखत प्रतिनिधिसभामा गाँ,जा खेतीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग उठ्ने गरे पनि प्रहरीको ला,औष,ध निय,न्त्रण ब्युरोले भने गाँजा खेती फडानी बढाउँदै लगेको छ ।

पछिल्लो तीन वर्षको तथ्यांक केलाउने हो भने आर्थिक वर्ष २०७७/७८ मा प्रहरीले अघिल्ला दुई आर्थिक वर्षभन्दा धेरै गाँजा र अफिम खेती फडानी गरेको देखिन्छ । ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ४ सय ५७ विगाह गाँ,जा फ,डानी गरेको प्रहरीले आर्थिक वर्ष २०७६/७७ मा ६ सय ९२ विगाह गाँ,जा खेती फडानी गरेको थियो ।

जुन यो आर्थिक वर्ष २०७७/७८ मा दोब्बरभन्दा धेरैले बढेर १ हजार ७ सय ६९ बिगाह पुगेको छ । प्रहरीका अनुसार यो आर्थिक वर्षमात्रै प्रहरीले १३ लाख ३१ हजार ८ सय १३ गाँ,जाको बोट फडानी गरेको छ । प्रहरीले फडानी गरेको गाँ,जा खेतीसम्बन्धी तथ्यांकले प्रत्येक वर्ष कति ठूलो मात्रामा ग्रामीण क्षेत्रमा गाँ,जा खेती भइरहेको छ भन्ने संकेत दिन्छ ।

त्यसो त, आर्थिक वर्ष २०७६/७७ मा ४ हजार ५ सय ७९ केजी गाँ,जा बरा,मद गरेको प्रहरीले चालु आर्थिक वर्षभन्दा २०७७/७८ मा ५ हजार ५ सय ९२ केजी गाँ,जा पनि बरामद गरेको छ । यो तथ्यांकले प्रहरीले गाँ,जा फडानी बढाउँदै लगे पनि उत्तिकै मात्रामा गाँ,जा अवै,ध त,स्करी पनि बढिरहेको देखाउँछ ।

ला,गूऔ,षध नियन्त्रण ब्युरोले जारी गरेको त्रिवर्षीय तथ्यांकले गाँ,जाका अलावा अन्य लागूऔषधको अवैध कारो,बारको चित्र पनि सार्वजनिक गरेको छ । ब्युरोको अनुसार पछिल्ला तीन वर्षयता लागूऔषधसम्बन्धी कारोबारमा प,क्रा,उ पर्नेहरुको संख्या र मुद्दा संख्या भने घट्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ६ सय ७५ जना प,क्रा,उ परेकोमा आर्थिक वर्ष २०७६/७७ मा त्यो संख्या २१ प्रतिशतले घटेर २९ सय पुगेको छ । लागूऔषध कारोबारका प,क्रा,उ, पर्नेका संख्या गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्ष २०७७/७८ मा ११.८६ प्रतिशतले घटेर २ हजार ५ सय ५६ पुगेको छ ।

गत आर्थिक वर्षमा ५ सय ८१ केजी चरेस बरामद गरेको प्रहरीले यो आर्थिक वर्ष २०७७/७८ मा ४ सय ७३ केजी चरेस ब,राम,द गरेको छ । त्यस्तै गत आर्थिक वर्षमा ७ केजी खैरो हिरोइन बरामद गरेको प्रहरीले चालु आर्थिक वर्षमा ८ केजी चरेस बरामद, गरेको छ ।

गत आर्थिक वर्षमा प्रह,रीले ४४ केजी अफिम बरामद गरेको थियो भने यो आर्थिक वर्ष प्रहरीले २ सय ६० केजी अफिम बरामद गरेको छ । यस्तो तथ्यांकले गाँजा, चरेस र खैरो हेरोइनजस्ता ला,गू,औषधको कारोबार कुन मात्रामा भइरहेको छ भन्ने मात्रै देखाउँदैन बरामदको बढ्दो परिणामले ठूलो संख्यामा लागूऔषध कारोबार र ओसारपसार देशभित्र भइरहेको देखाउँछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

58 + = sixty three