
काठमान्डौं । केही दिन पहिले काठमाडौमा डेरा खोज्न जाँदा आफू दलित हो भनेर कोठा नदिएको भनेर उजुरी दिएकी रुपा सुनार अहिले पुन सेतो पार्टीबाट लाइभ आएकी छिन्।उनले आफ्नो घर लमजुङ भएको र त्यहाँ सं’स्थागत रुपमै जातीय विभेद रहेको बताएकी छिन्।धारामा पानी भर्दा समेत गाग्री छुन नहुने खालको बि’भेद थियो।
उनी आफू सानो हुँदाताका स’म्झना गर्दै भनिन्,त्यतिबेला आफूलाई कपाल काट्न समेत कैँची छुइन्छ भनेर आफैंले कपाल काटेको समेत बताइन्।
रुपा सुनारले आफू सानो छँदा गुरुङ समु’दायमा हुर्केको र त्यस ठाउँमा गुरुङले खेल्ने फुटबल ग्राउन्ड र कामीले खेल्ने फुटबल ग्राउन्ड समेत फरक फरक भएको र एकदिन उनका दाइहरूले गु’रुङहरू खेल्ने ठाउँमा खेल्दा कु’टाइ समेत खानुपरेको थियो।
उनी भन्छिन्,मलाई म जन्मेको ठाउँ लमजुङ छोडेर आउँदा सारै खुसी लागेको थियो,के यस्तो आफू जन्मेको ठाउँ छोड्दा कसैलाई मेरो जस्तो खुस्सी लाग्छ भनेर समेत प्रश्न गरेकी छिन्।
उनी खुस्सी हुनुको कारण थियो कि म अब यस ठाँउ छोडेर गएपछि अरु जस्तै मान्छे हुन्छु भनेर। आफूलाई सानो छँदा अरुले यति राम्री मान्छे,यस्तो राम्रो गाउने मान्छे कसरी का’मीको कोखमा आयौ भनेर अ’चम्म मान्दै प्रश्न गर्दथे।त्यसपछि उनलाई लाग्थ्यो,कामी खासमा हुनुपर्ने चाहिँ कस्तो हो त ? उनले एकपटक पत्रीकाकामा काम गर्ने क्रममा एउटा आर्टिकल समेत छापेकी थिइन्, जसको शीर्षक थियो,”मलाई कामी भन तर विभेद नगर”।
आफू काम गर्ने ठाउँमा पनि जातका कारणले फरक व्यवहार गर्ने ठाउँमा बरु काम नै नगर्ने तर त्यस्तो बिभेद कारी व्यवहार भोग्न नसक्ने उनी ब’ताउँछिन् यद्यपि आफूले त्यस्तो बिभेदजन्य व्यबहार भोग्नु चाहिँ नपरेको उनी भन्छिन्। अब थप भिडियो हेर्नुहोस: