”मेरो मन्त्रालयको टुंगो लागेको छैन,भ्रममा नपरौं”: मन्त्री मनाङे

पोखरा । गण्डकी प्रदेशका विना विभागिय मन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले आफ्नो मन्त्रालयको टुंगो नलागेको बताएका छन् ।

बाहिर मिडियामा हल्ला आए जस्तो आफूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको भनिए पनि आफ्नो मन्त्रालयको टुंगो नलागेको भन्दै उनले कसैलाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

मन्त्री मनाङेले भने: “मेरो मन्त्रालयको टुंगो लागेको छैन । जसपासँगै यस सरकारमा गएको हुनाले सरकारले जसपा र मसँग गरिएका कमिटमेण्ट पूरा नगरेसम्म कुनै पनि मन्त्रालयको पदभार ग्रहण नगर्ने हाम्रो निर्णय छ ।

त्यसैले भ्रममा नपर्नु होला ।” उनले थपे” पहिला गरिएको सहमतिअनुसार हामीलाई मन्त्रालयको जिम्मेवारि नतोकिएकोले यसैमा हाम्रो असन्तुष्टि रहेको छ ।”

यसअघि मनाङे पृथ्वीसुब्बा गुरुङको मन्त्री परिषद्मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारीमा रहेका थिए भने गत जेठ २९ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको गठबन्धनले बनाएको सरकारमा मनाङे विना विभागिय मन्त्रीको रुपमा रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = four