घरमा वाइफाइ नचलेपछि प्रयोगकर्ताहरूद्वारा वर्ल्डलिङ्कको कार्यालय घेराउ !

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिङ्क कम्युनिकेसनको इन्टरनेटमा पछिल्ला दिन पटक पटक समस्या देखिने गरेको छ।नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको वर्ल्डलिङ्कको नेटमा समस्या देखिँदा लाखौँ सेवाग्राही प्रभावित हुने गरेका छन्।

यसै हप्ताको बुधवार दिउसो वर्ल्डलिङ्कको इन्टरनेट झन्डै २ घण्टा अवरुद्ध रह्यो।दिउँसो साढे ३ बजे देखि चल्न छाडेको इन्टरनेट साँझ ५ बजेपछि मात्र पूर्ण रूपमा सुचारु भएको थियो।

सो दिन इन्टरनेट नचलेपछि कतिपयलाई आफ्नो घरको राउटरमा मात्र समस्या होला जस्तो लागेको थियो। तर, सामाजिक सञ्जालमा धेरैले वर्ल्डलिङ्कमाथि आक्रोश पोखे।बिना पूर्व जानकारी इन्टरनेट अवरुद्ध पारिएको भन्दै त्यस अवधिको क्षतिपूर्ति सो कम्पनीले बेहोर्नुपर्ने भन्दै धेरैले गुनासो पोखेका थिए।

कोटेश्वर क्षेत्रका स्थानीयहरू भने वर्ल्डलिङ्कको कार्यालय मै हुल बाँधेर विरोध गर्न गए। कोही बालबालिकाको भइरहेको परीक्षा बिचमै रोकियो भन्दै पुगेका थिए भने कोही काम गर्दा गर्दै इन्टरनेट नचलेर समस्या भएको गुनासो लिएर कार्यालय पुगेका थिए।हुल बाँधेरको कार्यालयमा प्रयोगकर्ताको भीड लागेपछि पछि प्रहरीहरू आएर विवाद साम्य बनाएको थियो।

सेवा रोकिने कुनै पूर्व जानकारी नदिएको भन्दै विरोध भएपछि वर्ल्डलिङ्कले त्यसै दिन नेट चल्न थालेपछि मात्र सामाजिक सञ्जाल मार्फत सेवा सुचारु भएको जानकारी गराएको थियो।सो दिन इन्टरनेट गेटवेमा समस्या आउँदा सेवा अवरुद्ध भएको कम्पनीको दाबी छ।मुख्य इन्टरनेट गेटवे राउटर नै डाउन हुँदा नेपालभरको अन्तर्राष्ट्रिय ब्यान्डविथमा समस्या देखिएको कम्पनीको जिकिर छ।

बुधवार मात्र होइन अन्य बेला समेत पटक पटक यस्तो समस्या देखिने गरेको सेवाग्राहीको गुनासो छ।देशभर सञ्जाल भएको र ठुलो सङ्ख्यामा प्रयोगकर्ता रहेको वर्ल्डलिङ्कको कार्यालयमा फोन नै नउठ्ने समस्या रहेको प्रयोगकर्ताहरु बताउँछन्।

कोटेश्वरकी पार्वती खड्का भन्छिन्, ‘यो वल्डलिङ्कको नम्बरमा फोनको घण्टी जान पाएको छैन मोबाइलमा ब्यालेन्स काटिन सुरु हुन्छ। पछि फोन व्यस्त मात्र भन्छ। नेटको भन्दा फोनबाट बढी पैसा उठाउँछन् जस्तो लाग्छ यिनीहरूले।’

सेवा दिनुपर्ने पूरा स्पिड नदिने र घटाउँदै लगेर ठगी गर्ने गरेको आ,रोप पनि वर्ल्डलिङ्कमाथि छ। ५० एमबिबिएसको इन्टरनेट सेवा लिए २० केबिपिएस पनि नचल्ने गरेको दाबी कतिपय प्रयोगकर्ताको छ। कोरोना महामारी विरु,द्ध जारी भएको निषेधाज्ञाका कारण अहिले धेरै मानिस घरमै सीमित छन् र काम पनि बढी इन्टरनेटको माध्यमबाट हुने गरेको छ।

विद्यार्थीहरूले भर्चुअल कक्षा लिइरहेका हुन्छन् भने घरमा बसेर इन्टरनेटबाट काम गर्नेहरूलाई झन् समस्या हुने गरेको छ। यस्तो बेला इन्टरनेट सेवा प्रदायक कम्पनी जिम्मेवार बन्नुपर्ने प्रयोगकर्ताहरू बताउँछन्। (साभार नेपाली सुर्य डट कम)

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy six = eighty six