एमबाप्पेले मागे माफी

फ्रान्सका युवा स्टार केलियन एमबाप्पेले सामाजिक सञ्जाल ट्विटरमार्फत माफी मागेका छन् । उनले सोमबार राति स्विट्जरल्याडविरुद्ध पेनाल्टी सुटआउटमा गोल गर्न नसक्दा फ्रान्स अन्तिम १६ बाटै बाहिरियो एमबाप्पेको पेनाल्टी प्रहारलाई स्विस गोलरक्षक यान सोमेरले बचाउ गरेपछि फ्रान्सले खेल ५-४ ले गुमाएको थियो ।

एमबाप्पेले ट्विटरमा लेखेका छन्, ‘पेनाल्टीमा गोल गर्न नसकेकाले माफी चाहन्छु । म टिमका लागि राम्रो गर्न चाहन्थेँ, तर सफल भइनँ । यो निकै गाह्रो समय हो तर खेलमा यस्ता उतारचढाव आइरहन्छन् । म यो खेललाई निकै माया गर्छु ।’

‘खेलमा हार जित सामान्य कुरा हो । सबैभन्दा महत्वपूर्ण कुरा हारबाट पाठ सिक्नु हो’ हामी अझै मजबुद बनेर फर्कने छौँ । विजेता स्विस टिमलाई धेरै धेरै धन्यवाद र सफलताको कामना’, एमबाप्पेले थपे ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ twenty seven = thirty five