काठमाडौं । आज असार १५ । देशका विभिन्न ठाउँमा धान दिवस तथा रोपाई महोत्सव मनाइदै छ । कृषि प्रधान देश भएकाले पनि नेपालमा असार १५ को विषेश महत्व रहेको छ ।
मनसुन शुरु भएसँगै किसानलाई रोपाइको चटारो छ । असारमा रोपेको धान मंसिरमा भित्र्याउने गरिएको छ ।
रोपाई शुरु भएसँगै सेलेव्रिटीहरुलाई रोपाइ भन्दा पनि रोपाईमा फोटो खिच्ने चटारो छ । हरेक वर्ष धान दिवसका दिन सेलेव्रिटीहरुले हिलो खेल्ने रमाइलो गर्ने गरेका छन् ।
धान दिवसका दिन अभिनेत्री दीपाश्री निरौला र स्वस्तिम खड्का धान रोप्न र हिलो खेल्न व्यस्त छन् ।
दीपाश्री रातो टिसर्ट र निलो जिन्समा देखिएकी छिन् । साथै उनले चस्मा पनि लगाएकी छिन् । कुन समयमा कस्तो पहिरन लगाउने भन्ने कुरामा ख्याल नराख्दा धेरै कलाकारले यस्ता नकारात्मक आलोचनाको सामना गर्नु परेको देखिन्छ ।
दीपाश्रीले आफ्नो सामाजिक सञ्जालमा रोपाईको तस्वीर अपलोड गर्दै लेखेकी छिन्, ‘मेरो लालाहरुसँग खेतमा मस्ती । यो पो हो हाम्रो दोस्ती । राष्ट्रिय धान दिवसको शुभकामना ।
उनले गरेको उक्त पोष्टमा झण्डै ३ हजार लाईक आएका छन् भने २०० बढी कमेन्ट आएका छन् । अधिकाम्स कमेन्टमा उनले लगाएको पहिरनको नकारात्मक चर्चा भएको छ ।