गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले गरे पदभार ग्रहण !

पोखरा । नेपाल सरकार गृह मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७८।०३।०७ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।

सोही अवसरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहोराले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लोहनीलाई स्वागत गर्नुभई प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्थाका विषयमा संक्षिप्त जानकारी समेत गराउनुभएको थियो ।

यो पनि पढ्नुहोस:

एक दिन अघि मात्रै पहिरो पन्छाएर सञ्चालन आएको भीमफेदी–कुलेखानी सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

मंगलबार बिहानदेखि परेको वर्षाका कारण खसेको पहिरोका कारण हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मार्ग भीमफेदी–कुलेखानी सडक खण्ड पुनः अवरुद्व भएको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६स्थित साउनेखोल्चीमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोका कारण बिहान १० बजेबाट अवरुद्ध भएको सडक सञ्चालनमा ल्याउन पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि त्यहाँबाट आवातजावत गर्ने यात्रु भने मारमा परेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = sixty four