बेयरिष्टोको आक्रामक ब्याटिङमा हैदराबादको सहज जित, पञ्जाब ६९ रनले पराजित

काठमाडौं । सनराइजर्स हैदराबादले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो ।

यूएईकाे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो । निकोलस पूरनले ७७ रन जोड्नुबाहेक अन्यले अपेक्षित प्रदर्शन गर्न सकेनन्। पूरनले ३७ बलमा पाँच चौका र सात छक्का प्रहार गरे। कप्तान केएल राहुल र सिमरन सिंहले समान ११ जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। पञ्जाबका चार ब्याट्सम्यानले रनको खाता खोल्न सकेनन्।

हैदरावादका लागि बलर राशिद खानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । राशिदले ४ ओभरमा एक मेडनसहित १२ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै खालिद अहमद र टी नटराजनले २-२ विकेट लिएका थिए । त्यस्तै अभिषेक शर्माले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादको लागि कप्तान डेभिड वार्नर र जोनी बैरस्टोवले उत्कृष्ट प्रदर्शन गरे। जोनीले ५५ बलमा सात चौका र ६ छक्का प्रहार गर्दै ९७ रन बनाए। त्यस्तै, कप्तान वार्नरले ४० बलमा ५२ रनको योगदान दिए। पहिलो विकेटका लागि वार्नर र जोनीले १६० रनको विशाल साझेदारी गरेका थिए। हैदराबादका लागि केन विलियम्सनले अविजित २० र अभिषेक शर्माले १२ रन बनाए।

पन्जाबका रवि विश्नोईले २ विकेट लिए । आर्शदिप सिंहले २ तथा मोहमद शामीले १ विकेट लिए । जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । हैदराबाद तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ । पन्जाबको यो पाँचौ हार हो । ६ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty nine − sixty =