भर्खरै त्रिशुली नदीमा ट्रक खस्यो !

धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मंगलबार त्रिशुलीमा एकजना सवारी चालक बेपत्ता भएका छन्।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्वरको ट्रक मंगलबार विहान त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। ट्रकमा सवार चालक बाहेक अरु को को थिए भन्ने यकिन नभएको र ट्रकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

नदीको बहाव निकै ठूलो भएकोले ट्रक नदीले बगाएर बे,पत्ता भएको अनुमान प्रहरीको छ । बेपत्ता हुने सवारी चालकको पहिचान खुल्न सकेको छैन ।

वीरगन्जबाट काठमाडौंका लागि छुटेका कपडा लोड गरिएको तीन वटा ट्रकमध्ये एउटा ट्रक सम्पर्कमा नआएपछि गरिएको खोजी कार्यमा दु,र्घ,टनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty ÷ = eight