देशैभरको नगरपालिका मध्य पहिलो बन्यो भरतपुर महानगरपालिका, ओलीको केहि चलेन

भरतपुर । नेपालको नगरपालिकाहरु मध्य पहिलो पटक धान रोप्ने मेसिन खरिद गरी कृषकलाई उपलब्ध गराउने पहिलो नगरपालिका भरतपुरनगरपालिका बनेको छ।

कृषिलाई आधुनिकीकरण तर्फ उन्मुख गराउँदै भरतपुर महानगरपालिकाले निति तथा कार्यक्रम अन्तर्गत आज नगरपालिका मेयर रेनु दाहालले कृषिमा यान्त्रिकिकरण कार्यक्रम अन्तर्गत आज वडा नं २६ को बृहश्पति आधुनिक एग्रो फार्म लाई धान रोप्ने मेशिन ५०/५० को साझेदारीमा हस्तान्तरण गर्नु भएको छ।

भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले धान रोप्ने अत्याधुनिक मेसिन (राइस टान्सप्लान्टर) किसानलाई हस्तान्तरण गरेको छ । ५० प्रतिशत अनुदानमा वृहस्पति आधुनिक एग्रो फर्मलाई एउटा मेसिन हस्तान्तरण गरिएको हो ।

भरतपुर महानगर २६ को दिव्य नगरमा एक कार्यक्रम गरि महानगर प्रमुख रेणु दाहालले सो मेसिन एग्रो फर्मलाई हस्तान्तरण गरिन् । हस्तान्तरणसँगै मेयर दाहाल र उपमेयर ठकुरीले मेसिन मार्फत खेतमा धान रोपेका थिए ।

चितवन अन्न उत्पादनका हिसाबले धेरै उर्वर रहेको र यहाँ धान रोप्ने अत्याधुनिक मेसिन किसानलाई हस्तान्तरण गर्न पाउँदा आफुलाई धेरै खुसी लागेको मेयर दाहालको भनाई थियो ।

महानगर सधै कृषकको साथमा रहेको बताउँदै दाहालले यो वर्षबाट दूध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैया अनुदान समेत दिने निर्णय भएको बताइन् । २२ लाख ५० हजारमा खरिद गरिएको सो मेसिनले धान रोप्दा लागत आधा घट्ने बताइएको छ । मानिसको प्रयोगबाट १ बिगाहामा रोपाई गर्दा १५ हजार बढि खर्च हुने र मेसिनमार्फत रोपाई गर्दा ७ देखी ८ हजारभन्दा बढि लागत नपर्ने कृषि विज्ञ मित्रराज दवाडीले बताए ।

यसका साथै,

देशको केन्द्र भागमा रहेको भरतपुर महानगरले अन्य महानगर भन्दा आफुलाई सुसंस्कृत र सुसभ्य महानगरका रुपमा विकास गर्दै लगेको छ । भौतिक पुर्वाधार निर्माण देखी जनताका सबै खाले समस्याको समाधानमा यहाँका जनप्रतिनिधि अहोरात्र खटिएका छन् । जनताको प्रमुख आवश्यकताका बस्तुहरु, गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, लगायतका चिजको सहज उपलब्धता बनाउदै लगेको छ ।

कोरोनाको महामारीमा नागरिकलाई निशुल्क कोरोना उपचार देखी गाउँगाउँमा अस्पताल स्थापनामा महानगरका जनप्रतिनिधि सक्रिय रहेका छन् । केहि दिन अगाडी मात्रै शिवनगरमा १५ शय्याको आफनै अस्पताल स्थापना गरेको महानगरले पुन भरतपुर महानगर १९ शारदानगरमा १५ शय्याको कोभिड अस्पताल स्थापना गरी आईतबारबाट सेवा शुभारम्भ गरेको छ ।

भरतपुर महानगरपालिकाले शारदानगरमा रहेको स्वास्थ्यकेन्द्र लाई स्तर उन्नती गरी आफ्नै १५ शय्याको कोभिड अस्पताल स्थापना गरेको हो । अस्पतालमा आयोजित एक कार्यक्रमका बिच महानगर प्रमुख रेनु दाहालले अस्पतालको उद्धघाटन गरीन् ।

आफनै अस्पताल बनाउन पाउदा खुसि छौ : मेयर दाहाल

पश्चिम चितवनको केन्द्र समेत पर्ने भरतपुर महानगर १९ को शारदानगरमा महानगरले आफनै अस्पताल स्थापना गर्न पाउदा निकै खुसि लागेको महानगरका प्रमुख दाहालको भनाई थियो । अहिले ४ जना डाक्टर र अन्य स्टाफ नर्स र अरु कर्मचारीहरुबाट यहाँ सेवा दिन थालिएको छ । अहिले कोरोना अस्पतालका रुपमा स्थापना गरेपनि यो अस्पताल महानगरले स्थाई अस्पतालका रुपमा विकास गर्ने र यसले पश्चिम चितवनका स्थानियलाई धेरै लाभ हुने दाहालको भनाई छ ।

स्वास्थ्य केन्द्रको परिसरमा रहेको ५४ सालमा निर्माण भएको पुरानो भवनमा अहिले अस्पताल सञ्चालन गरिएको छ । आगामी दिनमा भौतिक संरचना निर्माणका लागि केन्द्र सरकारसंग पनि आफुहरुले पहल गर्ने र यो अस्पताललाई सबै हिसावले सुबिधा सम्पन्न बनाएर लैजाने प्रमुख दाहालले बताईन् । शिबनगरमा पनि १५ बेडको अस्पताल स्थापना भएको र अहिले कोरोना संक्रमित १४ जनाले त्यहाँ सेवा लिईरहेको दाहालको भनाई थियो ।

कोभिड कहिले सम्म रहन्छ कुनै ठेगान नभएकाले कोभिड रहदा सम्म कोभिड अस्पताल हुने र त्यसपछि अरु सबै खाले सेवा दिने अस्पतालका रुपमा दुबै अस्पताललाई विकास गरिने दाहालको भनाई छ । संघीय सरकारको १ पालिका १ अस्पताल कार्यक्रम अन्तर्गत शारदानगरमा २५ शय्याको अस्पताल निमार्ण गर्न महानगरले चाहेपनि संघिय सरकारले त्यहा बजेट नदिदा नयाँ अस्पताल स्थापना गर्न नसकिएको उनको भनाई छ ।

अहिलेपनि आँफुहरुले यसैलाई २५ शय्याको अस्पताल बनाउनु पर्छ भनेर संघिय सरकारमा खवरदारी गरिराखेको उनको भनाई थियो । महानगरमा जतिपनि स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरु छन् तिनिहरुको विकासमा महानगर लागि रहेको पनि दाहालले बताइन् ।

५० बेडसम्म पुर्याउछौ : उपमेयर

भरतपुर महानगर उपप्रमुख पार्वति शाह ठकुरीले भरतपुर महानगरको आफ्नै अस्पतालका रुपमा विकास गर्न पाउदा खुसि लागेको बताइन् ।
१५ बेडबाट यसलाई आगामी दिनमा ५० बेड सम्म पुर्याउने उनको भनाई छ । महानगरले पहिलो प्राथमिक्ताका साथ यसलाई हेर्ने र बजेट विनियोजन गर्ने उनको भनाई छ । नागरीक स्वास्थ्य रहेमात्रै अरु धेरै करा गर्न सकिने भएकाले नगरबासिलाई स्वस्थ्य राख्ने आफुहरुको प्रमुख दायित्व रहेको शाहको भनाई थियो ।

पश्चिम चितवनको विकास मेयरको मुख्य एजेण्डा : अरुण पीडित

महानगर प्रवक्ता अरुण पीडित भण्डारीले महानगर प्रमुख रेनु दाहाल पश्चिम चितवन क्षेत्रको विकासमा निकै सक्रिय भएर लाग्नु भएको र पश्चिम चितवनमा शिक्षा स्वास्थ्य पुर्वाधार सबै क्षेत्रमा तिव्र विकास भएको बताए । मेयर दाहालले पश्चिम चितवन क्षेत्रमा देखिएका सामान्य भन्दा सामान्य समस्या समेत समाधानमा सक्रिय हुनुभएको र उहाँकै कारण पश्चिम चितवनले विकासमा फड्को मारेको दाबी गरे ।

भएकै पुर्वाधार र जनशक्तिमा राम्रो सेवा दिउ : खतिवडा

त्यस्तै महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले अहिले लाई कोभिड अस्पतालका रुपमा स्थापना भएपनि पछि कोभिड नहुँदापनि यसलाई दिगो अस्पतालका रुपमा महानगरले विकास गरेर लाने बताए ।

नागरिकलाई भएकै पुर्वाधार र जनशक्तिबाट भरपुर रुपमा सेवा दिन उनले अस्पताल प्रशासनलाई निर्देशन समेत दिए । नागरिकबाट गुनासो नआउने गरी सेवा प्रदान गर्न उनको आग्रह छ ।

बचनमा पक्का हुनुस् : वडा अध्यक्ष गुरुङ

सो अवसरमा अस्पतालका अध्यक्ष तथा वडा अध्यक्ष कर्ण बहादुर गुरुङले अस्पतालको विकासमा मेयर तथा उपमेयरबाट आएको प्रतिबद्धताले उत्साही बनाएको बताए । अध्यक्ष गुरुङंले भने “मेयर र उपमेयर बाट जुन प्रतिवद्धता आएको छ ।

यसलाई चाडै नै कार्यान्वयन होस् नत्र भने मेयर र उपमेयरले सहयोग गर्ने भनेका थिए वडा अध्यक्षले काम गर्न सकेन भनेर जनताले मलाई गालि गर्छन त्यसैले बोलेको कुरा चाडै पुरा होस ” उनले सबै नागरिकले अस्पतालको विकासमा सहयोग गर्न आवश्यक रहेको बताए । आगामी दिनमा यहाँको जनशक्ति पुर्वाधार उपकरण लगायतका आवश्यक कुराहरुमा सहयोग गरिदिन महानगर प्रमुख रेनु दाहालसंग आग्रह गरे ।

सो अवरमा दाहालले बखान सहकारी संस्थाको निर्माणाधीन भवनको निरिक्षण गर्दै निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् भने शारदानगरमा निर्माणाधीन पार्कको समेत निरिक्षण गरेकी थिईन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × 2 =