रोमाञ्चक बन्यो आईपिएलको अंक तालिका, मुम्बई पहिलो पंञ्जाब अन्तिम ( हेर्नुस अंक तालिका )

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले किंग्स इलेभेन पञ्जाबलाई ६९ रनले पराजित गरेको छ । हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।

यो जितसँगै हैदराबाद लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। ६ खेल खेलेको हैदराबादले तीन खेलमा जित र तीन खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ। पराजित पञ्जाबले भने खेलको ६ खेलमध्ये पाँच खेलमा हार ब्यहोरको छ भने एक खेलमा मात्रै जित निकालेको छ। पञ्जाब दुई अंक बनाएर लिगको पुछारमा हुँदा शीर्ष स्थानमा भने मुम्बई इन्डियन्स र दोस्रो स्थानमा दिल्ली क्यापिटल्स रहेको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो । पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११/११ रन जोडे ।

हैदराबादका लागि राशिद खानले ३ विकेट लिदा खलिल अहमेद र टी नटराजनले २/२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।

बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए । पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १५ ओभरमा १ सय ६० रनको साझेदारी गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

51 − forty eight =