६ जिल्लाका सिडिओ फेरिए, को कहाँ पुगे ? (नामसहित)

काठमाडौं । ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा भएको छ । गृह मन्त्रालयले मंगलबार साँझ धनकुटा, कञ्चनपुर, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत ६ जिल्लाका सिडिओको सरुवा गरेको हो ।

गृह स्रोतका अनुसार सहसचिव कृष्ण प्रसाद पन्थलाई धनकुटाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ भने सहसचिव राम प्रसाद पाण्डेको कञ्चनपुर सरुवा भएको छ । कञ्चनपुरका सिडिओ रामकुमार महतोलाई सर्लाहीको सिडिओमा पठाइएको छ ।

सर्लाहीका सिडिओ सहसचिव हेमराज तामाङ र धनकुटाका वासुदेव दाहालको गृह मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै मुस्ताङमा उपसचिव श्रीनाथ पौडेलको सरुवा भएको छ ।

जुम्लामा उपसचिव विजया प्रसाई तथा रुकुम पूर्वका लागि उपसचिव लक्ष्मी प्रसाद बास्कोटालाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै जुम्लाका सिडिओ भूपेन्द्र शाहीको गृह मन्त्रालय अन्तर्गतको विपद् प्राधिकरणमा सरुवा भएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty one ÷ = seventeen