जनता निराश छन् भन्दै पूर्वराजाको जन्मदिन नमनाउने घोषणा !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको खोप र उपचार पाउन नसकेर नेपाली निराश भएको बेला आफूले जन्मदिन नमनाउने बताएका छन्।

शाहले एक विज्ञप्ति जारी गर्दै जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको बताए।

शाहले बुधबार राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापनसंक्रमण, संकट र अन्योलको अवस्थामा देखापरेको बताएका हुन्।

शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले ठोस सुख सुविधा नपाएको बताए। “आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छु, शाहले जारी विज्ञप्तिमा भनेका छन्, “आजको विश्व एकतर्फ नयाँ ज्ञान विज्ञान र अत्याधुनिक प्रविधिको विकासमा अघि बढिरहेको छ भने दुर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयाँ रोध व्याधि र महामारीले सताइरहेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 1 = one