संविधान र गणतन्त्र सिध्याउने ओली प्रवृतिका विरुद्ध लड्नु पर्ने बेला आएको छ: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको लडाइँ प्रतिगमन, संविधान विरोधी हर्कत र ओली प्रवृत्तिविरुद्ध केन्द्रित रहेको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा बुधबार नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तक्रियामा प्रचण्डले ओलीले प्रतिनिधित्व गर्ने र विपक्षी पाँच दलले प्रतिनिधित्व गर्ने प्रवृत्ति र समग्र राजनीतिक धार नै फरक रहेको बताए । तत्कालका लागि ओली प्रवृत्ति परास्त गर्न नै विपक्षी गठबन्धन बनेको उलने व्याख्या गरे ।

अन्तरक्रिया कार्यक्रममा बायांबाट क्रमश माधव कुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव । फोट एबीसी न्युज टिभी ।
नागरिक समाजले पाँच दलका नेतामा पनि ओलीप्रवृत्ति देखिएको प्रश्न गरेपछि प्रचण्डले भने, ‘केपीले प्रतिनिधित्व गर्ने प्रवृत्ति र हामी यहाँ भएका पाँच पार्टीले प्रतिनिधित्व गर्ने राजनीतिक धार एउटै हैन । किनभने गणतन्त्रको निम्ति आन्दोलन गर्ने बेला पनि केपीजी कहाँ हुनुहुन्थ्यो, हामी पाँच कहाँनेर थियौं भनेर मात्रै स्मरण गरियो भने ओली र हाम्रो बीचको फरक स्पष्ट हुन्छ ।

गणतन्त्र, संविधान, शान्तिसम्झौताका निम्ति बल गर्ने पक्षधर शक्ति हामीसँग छ भने अर्को प्रवृत्ति यी सबै प्रक्रियाको विरोधी र बेठिक छ भन्ने प्रवृत्तिको नायक ओली हुन् ।’

अन्तरक्रियामा प्रचण्डले आफ्नै बारेमा आएका प्रतिक्रियाका बारेमा बोल्दै भने ‘मलाई अस्थिर कसले बनायो रु म युद्धबाट शान्तिमा आएँ, शान्तिबाट संविधानसभा, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेँ । सुरुमा एमालेसँग मिलेर सरकार बनाएँ । सबैभन्दा ठूलो पार्टीको नेतृत्व गर्ने हैसियत बनाएं । सैनिक सर्वोच्चता कि नागरिक सर्वोच्चता भन्नेमा मेरो लडाइँ पर्‍यो ।

म नागरिक सर्वोच्चताको पक्षमा लड्न तयार भएं । मैले सजिलै कुर्सी छोडिदिएँ । यो सबै हेर्दै जाँदा म युद्धमा थिएँ, ठिकै थिएँ । म शान्तिमा आउनु गल्ती भएको हो रु संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गराउनु गल्ती भएको हो रु तपाइँहरुले सोचिदिनुस् मेरो अनुरोध छ । किन यस्तो भयो ।’प्रचण्डले नागरिक अगुवाहरुसंग प्रश्न गरे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

1 × one =