लोकतन्त्र, राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति हो: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र, राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताएका छन् । विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले ओली प्रवृत्तिका विरुद्ध संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्टको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताए ।

उनले ओली प्रवृत्तिविरुद्ध एकजुट हुन पनि सबैलाई आह्वान गरे ।

कम्युनिस्ट पार्टी एकीकरणका बेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकको रूपमा देखा परेको उनको भनाइ छ । उनले विश्वभरका कम्युनिस्ट पार्टीहरूमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताए ।

“ओली अहिले भिलेन भए । कुन चाहीँ पार्टी छ त्यसमा भिलेन नजन्मिएको पार्टी संसारमा कुनै छ । जन्मिन्छ । लड्ने हो । लड्दै जाने हो,” उनले भने, “ओली प्रवृत्तिको अन्त्य अपरिहार्य छ । संविधानको हुर्मत लिइएको छ । संविधानको रक्षा, सिस्टम र लोकतन्त्रका आधारभूत मान्यताको रक्षा र राष्ट्रियताको रक्षाको आधारमा गठबन्धन हो यो र”

प्रचण्डले सरकार बन्ने वित्तिकै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने, वर्तमान सरकारले गरेका अवैधानिक राजनीतिक नियुक्तिहरूलाई बदर गर्ने लगायतका काम गर्ने पनि बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = sixteen