काठमान्डौं । चर्चित कार्यक्रम प्रस्तोता रबि लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुलेर समर्थन गरेका छन । उनले एक खुला कार्यक्रम मार्फत प्रचण्ड र माओवादीले गरेका कामहरुको दिल खोलेर समर्थन गर्दै यस्तो धारणा राखेका हुन । उनले यो देश नै माओवादीको एजेन्डामा चलेको वताएका छन ।
यहाँ जे जति उपलब्धीहरु भएका छन ति सबै दश वर्षे जनयुद्द बाट मात्रै सम्भव भएको उनको बुझाइ रहेको छ । नेपालीहरुले कठोर राना शाषण, पञ्चायत, जहाँनिया राजतन्त्र लगायत थुप्रै कठोर भन्दा कठोर शाषण व्यवस्था भोगेका छन । हामी धेरै कुराहरु अध्ययन नगरेर हचुवाको भरमा वोल्ने गर्छौ, लेख्ने गर्छौ ।
हामी नराम्रो कामको यति विरोध गर्छौ कि जुन स्वयम आफैले आफ्नै शब्दहरु सबैको अगाडी पढ्न सक्दैनौँ । मन लागेको चिज खाना पाइएको छ, मन लागेको लाउन पाइएको छ, आफुलाइ चित्त नबुझेका कुराहरु मज्जाले बोल्न पाइएको छ, कसैले कुनै पनि किसिमका विभेद गर्ने त के अलिकति संकेत मात्र गर्यो भने उ जेल जानुपर्छ ।
गाउँ गाउँमा सरकारी सविधा पुगेको छ । हरेक किसिमले पिछडिएका वर्गले राज्यको सेवा सविधा लिने कानुन वनेको छ । सरकारी तथा गैर सरकारी सबै निकायहरुमा पिछडिएको वर्ग, समुदाय, महिला सबैको सनिश्चितता गरिएको छ । संघियता, समानुपातिक समावेशी सहितको संविधान छ । देश त हेर्दा हेर्दै संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ ।
के यो जोक हो त ? के यो सामान्य दुःखले सम्भव भएको हो त रु के तपाइ हामीले जस्तै चुप लागेर वसेको भए यी कुरा सम्भव थिए त ? के यी सबै कुरा प्राप्त गर्नको लागि कसैले आँट नगरेको भए सम्भव थिए त ?
यी कुरा यति ठुला कुरा हुन कि जुन प्राप्त गर्नको लागि हजारौँको रगत वगेको छ, हजारौँ अंगभंग भएका छन र करोडौँ नेपालीले ज्यानको प्रवाह नगरेर लडेका छन । बेकारमा मानिसहरुले माओववदीले ल्याएको व्यवस्थामा टेकेर माओवादीकै कुरा काटिरहेका छन ।
मानिसहरु सोच्न सकेका छैनन कठोर कानुन कस्तो हुन्छ, राज्यको निर्मम शाषण कस्तो हुन्छ भनेर ? राज्य विरुद्द वोल्न वित्तिकै ज्यान गुमाएका सहिदहरुको भने सम्मान गर्छन तर जुन मानिसले राज्य यति स्वतन्त्रता ल्यायो उसको भने अपमान गरिरहेका छन ।
सायद धेरै स्वतन्त्रता भएर होला मानिसहरुले मानिस नै चिन्न छोडेका छन, जसले राम्रो काम गरेका छन उनिहरुको अपमान गरेर उनिहरुले नै ल्याइदिएको व्यवस्थामा रमाइरहेका छन । बडो अचम्म लाग्छ, कति वेला त लाग्छ असल मानिसको पहिचान गराउन फेरि उहि पुरानै शाषण आए हुन्थ्यो र मानिसहरु राज्यको विरुद्द वा समाजका शाषक ठुलाबडाका विरुद्द चुइक्क वोल्दा पनि जेल नेल भोग्नुपर्ने यात मृ,त्यद,ण्ड भोग्नुपर्ने निर्मम सत्ताको शिकार हुन थाल्थे तव अनि मात्र थाहा हुनेछ स्वतन्त्रता के हो भनेर ? अहिले त यहाँ गिलासमा मिठो दुध खाएर दुध दिने गाइको अपमान गरे जस्तै भइरहेको छ ।
रबी लामिछानेले भनेका छन, जसले यति धेरै अधिकारहरु हामिलाइ दिएको छ, आज उसकै विरोध भइरहेको छ । सोचे जस्तो सबै कुरा प्राप्त नभएको होला, यी कुराहरु प्राप्त गर्न मानिसहरुको वलिदान भएको होला त्यो स्वभाविक हो परिवर्तन सिटी बजाएर आउने कुरा होइन, परिवर्तनले त्याग, तपस्या र वलिदान माग्छ नै ।
प्रचण्डको नेतृत्वमा माओवादीले गरेको दश वर्षे जनयुद्द साँच्चै देशका लागि महान काम थियो । यदि जनयुद्द हुन्नथ्यो भने हामी दाषी भएर वस्नु पर्ने थियो । नेपाली कांग्रेष, नेकपा एमालेका नेताहरुलाइ त बन्धक बनाएको राजतन्त्रले तपाइ हामिलाइ के यतिकै सुख संग बस्न दिन्थ्यो कि के गर्थ्यो होला एकपटक कल्पना गर्नुस ।
विरोधको नाममा मात्र विरोध गर्ने हो भने फेरि त्यहि दिन दोहारिन सक्छन । नेपालमा अहिले जसरी दिनदिनै सामाजिक सेवामा लागेका मानिसहरु सरकारले पक्राउ गरेको छ, यो त ति दिनहरुको झल्को दिने सानो संकेत मात्र हो । आज राजतन्त्र भको भए न त मलाइ तपाइहरुले चिन्नुहुन्थ्यो न त मैले नै यसरी बोल्न पाउथे ।
हामी त मानिसको नाममा जनावर जस्तो हुने थियौँ । यसरी म वोल्ने जुन शाहस गर्दैछु त्यो वेला भको भए म जेल जानु पर्थ्यो यात विभिन्न वहानामा मारिनै सक्थे होला । त्यसकारण यति धेरै परिवर्तन कसले गर्यो त एकपटक नेपाली जनताले सोच्न सकेनन भने फेरि त्यो व्यवस्था फर्किदैन भन्न सकिदैन ।
देशमा माओवादी कमजोर भएको वेला कति धेरै अ,प,रा,धहरु बढेका हुन्छन सबैलाइ थाहा भएकै कुरा हो । सबैलाइ मेरो अनुरोध छ यहाँ काम गर्ने कालु मकै खाने भा,लु भनेझैँ भको छ । हामिले हाम्रो लागि योगदान गरेको मान्छे चिन्ने प्रयास गरौँ ।
न्युज २४ नेपाल टीभीमा सिधाकुरा जनता संग कार्यक्रम सञ्चालन गरेर देश तथा विदेशमा चर्चित भएका कार्यक्रम प्रस्तोता रबी लामिछाने हाल ग्यालेक्सी फोके टेलिभिजनका सञ्चालक हुन । रबी लामिछाने समर्थक र सारा नेपालीलाइ रबि लामिछाने कुन पाटीमा होलान, कसको समर्थन गर्छन होला भनेर सधैँ चासो हुने गर्छ ।
यो स्वभाविक पनि छ किनकी उहाँले प्राय सबै नेताको विरोध गरेको देखिन्छ । रबी लामिछानेको भाग्य र भविष्यको ढोका खोलिदिने अरु कोही नभएर प्रचण्ड नै थिए तर यो कुरा धेरैलाइ थाहा नै छैन ।
रवि लामिछानेले लामो समयसम्म कार्यक्रम गरेर विश्व रेकर्ड कायम गरेको भन्ने कुरा धेरैलाइ थाहा छ तर कसरी कुन कार्यक्रम बाट किर्तिमान कायम गरे भनेर थाहा नहुन सक्छ । एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला रबि लामिछानेले “बुद्द वाज वर्न इन नेपाल” शिर्षकको टक शो कार्यक्रम मार्फत विश्व किर्तिमान कायम गर्ने अभियान थालेका थिए भने सो कार्क्रमको उद्घाटन तत्कालिन प्रधानमन्त्री प्रचण्डले नै गरेका थिए ।
उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए ।
सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रिय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।
रबी लामिछाने र प्रचण्डको त्यो पुरानो साइनो धेरैलाइ थाहा छैन । कार्यक्रम चलाउदा जनताको समस्या समाधानको लागि सरकार र पाटीका नेता तथा जिम्मेवार निकाय संग कडा रुपमा प्रस्तु भएका लामिछानेले खास नेता वा कसैको समर्थन गरेको देखिदैन थ्यो ।
उनको कामको चाप हो या पत्रकारीता पेसा नै त्यस्तै भएर हो तर खुलेर कसैको समर्थन गरेको सुनिएको थिएन तर एक कार्यक्रममा उनले प्रचण्ड र माओवदीका एजेन्टाको पुर्ण समर्थन गरेका छन भने उहाँहरुकै एजेन्डामा देश चलिरहेको वताएका छन ।
रबी लामिछानेले प्रचण्डको चुनावी जिल्ला बागमती प्रदेशको चितवन भरतपुरमा गएर प्रचण्ड र जनयुद्दको प्रसंशा गरेका हुन । सिधाकुरा जनता संग कार्यक्रम देशका सातै प्रदेश बाट संचालन गर्ने अभियानकै क्रममा वाग्मती प्रदेशको चिततन भरतपुर बाट कार्यकम संचालन गर्दै गर्दा स्टुडियो बाटै सो धारणा राखेका हुन जुन कुरा सारा नेपालीले खुलेर समर्थन गरेका थिए ।
रबि लामिछानेले राखेको धारणा जस्ताको त्यस्तै यस्तो छ ।
व्यापारिक केन्द्र, बसाइसराइको केन्द्र, उद्योग, व्यापार, र व्यवसायको केन्द्र जस्ता केन्द्रहरु संगै भरतपुर चितवन राजनितिको पनि कोन्द्र भएको छ । अन्य घटना दुर्घटनाको पनि केन्द्र, विवादको पनि केन्द्र, भरतपुर चितवनका वारेका जता बाट पनि कुरा सुरु गरेपनि हुन्छ तर आज म सबैभन्दा गार्हो र गर्हौगो विषयमा नै वोल्ने निर्णयमा पुगेको छु लौजा त ।
नेपाली राजनितिमा पछिल्लो दुइ दशक अनवरत रुपमा चर्चित नेता प्रचण्डको कर्म जिल्ला हो यो । चितवनमा पढी हुर्केका पुष्प कमल दाहाल प्रचण्ड करिव २० वर्ष देखि नेपाली राजनितिको शिखरमा छन, दुइपटक त यो देशको प्रधानमन्त्री भैसकेका छन । फेरि एकपटक प्रधामन्त्री भन्ने शुर कसिरहेका छन ।
हरेक राजनितिज्ञको सपना हुन्छ कि उ आफुले राजनिती गरेको दलको शिर्षस्त नेता बनोस र त्यस दल बाट चुनिएर सरकार प्रमुख सम्मको पदमा पुगोस, पुष्प कमल दाहाल प्रचण्डका ति सबै सपना पुरा भएका छन ।
यति मात्रै होइन प्रचण्डको चर्चा यो देशमा मात्र सिमित थिएन विश्वभर नै उनको फरक फरक ढंगले चर्चा थियो । यसरी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाउने सौभाग्य यो देशका कमै राजनितिज्ञलाई प्राप्त हुन्छ, एक राजनितिज्ञले देख्ने सारा सपना प्रचण्डले पुरा गरे भन्दा फरक नपर्ला ।
पहिलो संविधान सभा निर्वाचनमा तेत्रो वहुमत, भुमिगत कालमा राष्ट्रिय अन्रर्राष्ट्रिय चर्चा, हजारौँ लडाकुहरुको साथ, राजनितिको केन्द्रमा एकछत्र राज, नेपालको मात्रै होइन संसारकै कुनै पनि नेताले यति ठुलो सपना विरलै हासिल गर्ने गर्छन । व्यक्तिगत रुपमा उनका सपना अधुरै रहे जस्तो लाग्दैन ।
गणतन्त्र, धर्मनिर्पेक्षता, संघियता, समावेशी, लोकतन्त्र लगायतका सारा एजेन्टालाइ उठान गरि आफ्नै जीवनकालमा कार्यान्वयन भएको हेर्न पाउने भाग्यमानी नेता हुन प्रचण्ड ।
बाबुले आफ्नै छोराछोरीलाइ जात पर पसल गएर एकमुठो साग किनेर ल्या भन्द त नाइ जान्न भनेर ओठे जवाफ फर्काउछन भने यो देशका हाजारौ युवाले मुठी बटारेर उनको एक वचनमा छातिमा तातो गोली खाना तयार हुन्थे । यो विश्वास बोकेर हिडेकाहरुलाइ यो देशको भविष्यका अगाडी आफ्नो ज्यानको मुल्य तुच्छ लाग्थ्यो ।
मर्न को डराउथ्यो र आफु मरेर यो देशको शुनौलो भविष्यको रेखा कोरिन्छ भने कोइ बात छैन भनेर रातो र तातो रगत यो धर्तिमा सुम्पिएका विर शहिदहरुको वलिदान के का लागि थियो रु जे आज हामिले देख्दै छौँ त्यतिका लागि थियो त रु
आज म प्रचण्ड जिको गाउमा ठाउँमा उभिएर उहाँको आलोचना होइन उहाँलाइ केही कुरा स्मरण मात्रै गराउन चाहन्छु । राजाको शाषण संग नडराएको, टाउकोको मुल्य तोक्दा पनि टाउको नझुकाएको, अन्याय नसहने, अत्याचारिको त सफाय गर्ने, विभेदको जरो उखेल्ने, दुष्कर्मको विरुद्द धर्ति हल्लिने गरि संखनाथ गर्ने, गरिव, असहाय, निमुखा वर्गको तानाधार, घरवार नभएका, दुइछाक खाना नपुग्ने वर्गका भाग्यविधाता, श्रमिक मजदुर, किसान र सारा विपन्नहरुका आसा, भरोसा र विश्वासको त्यो धरोहर प्रचण्ड तपाइ नै हो ?
अनि परिबन्धमा पारेर प्रधानमन्त्रीले शितल निवास पुर्याएको भन्ने निरिह भिजेको, हारेको थाकेको गलेको प्रचण्ड पनि तपाइ नै हो रु कुन चाहि प्रचण्ड रियल हो अब पनि छुट्टिएन भने समयले इतिहासमा गर्भ गर्दैन, दःख व्यक्त गर्न सक्छ ।
एउटा गरिब किसानको छोरो दुःख गरेर पढ्यो, शिक्षक भयो, अन्याय अत्याचार सहन नसकेर विद्रोह गर्यो, भुमिगत भयो, ज्यानको बाजि लगायो, फाल्नुपर्ने सबै व्यवस्था फाल्न अहम भुमिका निभायो, सर्वहारालाई मुक्ति दिन्छु भन्यो सशस्त्र द्वन्दमा गयो, मानिसहरु मरे मारियो, तिस वर्ष भन्दा बढी कठोर भन्दा कठोर संघर्ष गरेर उ यो देशको सबैभन्दा शक्तिसाली पाटीको शिर्षस्त नेता बन्यो, सरकार प्रमुख बन्यो , शक्तिकै केन्द्रमै बस्यो कथा सकियो ।
तर कथा सकिनु हुन्नथ्यो कथा त सुरु हुनु पर्थ्यो ,हिजो जो जसले समानताको लागि अग्र मोर्चामा लडे ति मध्य केही सहित भए, बचेकाहरु धेरै मरुभुमिमा पसिना बगाउदै छन । शिर्ष नेतृत्व सबैको बन्दो बस्ता भैसकेको छ तर आम लडाकुको दुःख जहिको त्यहि भयो, कि त अब व्यवस्था परिवर्तन गरिहालियो अब म रिटायर हुन्छु भन्नु पर्यो होइन भने हिजो गरेका सबै वाचाहरु सम्झिनै पर्छ ।
केही नेताहरुको सपना पुरा गर्नको लागि मात्र रगत बगेको थिएन भने अझैँ पनि समय छ राजनितिको केन्द्रमा जनतालाइ राख्दा तपाइ हुनुभयो तर आज राजनितिको केन्द्रमा ब्फुलाइ राख्दा तपाइलाइ वली नेपाल खनाल गौतमले घुमाइदिएका छन रिंगटा लाग्ने गरि चेम्पुटे घुमाए जस्तो ।
बाघ जस्तो प्रचण्ड कहिले माधव नेपालको पछिपछि, कहिले कहिले वामदेवको पछिपछि कहिले देउवाको पछि, अहिले वलीको पछि पछि लागेको देखेर हिजोको त्यो प्रचण्डलाइ देख्नेहरु के सोच्दा हुन, अब आफै मुल्यांकन गर्नुहोला हिजउए तास खेल्नेहरुलाइ मुखमा तास कोच्ने पाटीको स’प्रीम कमाण्डर आज कौशिमा बसेर तास खेल्दै गरेको फोटो निकाल्छन, ठुलो कुरा त होइन यो, तर सोची हेर्नुस त कहाँ जान हिडेको मानिस कहाँ पुगे र कहाँ आइपुग्दै हुनुहुन्छ ?
तपाइको ठाउँमा आएर डराएर होइन कराएर पुरानो प्रचण्डलाइ विउताउन मात्र खाजेको हुँ, मलाइ मेरो पुस्तालाइ यसरी बोल्ने अधिकार दिन लड्नु भएको मा धन्यवाद ।
तपाइको एक इसारामा तातो गो,ली थाप्नेहरुको र,ग,तका छिटाहरु अझैँ खेतका गराहरुमा भेटिन सक्छन, बारिका काल्नाहरुमा देखिन सक्छन, खेतका आलिमा भेटिन सक्छन, हो परिवर्तन कोटी होम लगाएर आउँदैन, एकाहा, सप्ताहा, नबाहा सत्यनारायणको पुजा गरेर आउदैन, परिवर्तनले वलिदान माग्छ तर त्यो वलिदानका औचित्य चाहि समयमै टाइम मै पुष्टि हुनुपर्छ ।
अब त तपाइको तपाइका आफ्नाहरुको व्यवस्थापन भैसक्यो, सब सेटल भैसके त्यसैले फेरि एकपटक हिजो विद्रोह गर्दा देखिको त्यति खेरको प्रचण्डलाई खोज्न आएको छु, जसले आफ्ना टाउकाको मुल्य तोक्दा पनि टाउको झुकाएको थिएन, अचेल त्यो प्रचण्ड भेटिएको छैन रे, देखिएको छैन रे । चितवनका केही सडक मार्ग चिल्लो पारेर जुङगा मुठार्ने प्रचण्ड होइन यो देशलाइ नै मार्ग देखाउन सक्ने प्रचण्ड खोइ हाँ ?
जिस्काएको होइन विउझाएको हो, कार्यकर्ताले कुनै डरले भन्न नसकेको कुरा तपाइको घरमा आएर सम्झाएको मात्र हु ।
रवि लामिछानेका, धेरैलाई थाहा नभएका जीवनी तथा संघर्षका कथाहारु यस्ता छन् ।
आज सञ्चारकर्मी रबि लामिछानेको जन्म दिन परेको छ । विकिपिडयाका अनुसार रविको जन्मदिन आज परेको हो ।सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउँछन्।
भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।
उनले गरेका कामहरु उदाहरणिय छ । उनको साथमा करौडौ जनता छन् । उनी नेपाली युवाको आइडल मानिन्छन् ।
रवि लामिछानेको जीवनको आरोह-अवरोह
५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् ।
मिडियामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरासतसम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः
रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए ।
तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।
रवि लामिछानेको व्यक्तिगत जीवनका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो ।
रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो । सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्कालाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् ।
रविसँग अमेरिकाको ग्रीनकार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्यागेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छाडेका थिएनन् । यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए ।
रविको धेरै महिलासँग नाम जोडियो । जसमध्ये लोकप्रीय नायिका करिश्मा मानन्धर पनि हुन् । करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर बसेको विषय समेत बाहिर आयो । करिश्मालाई पत्रकारहरुले समेत यसबारे प्रश्न सोध्ने गर्थे । रवि लामिछाने हिरासतमा हुँदा उनको समर्थकहरुलाई करिश्माले भेडाको संज्ञा दिएर ट्वीट गरेकी थिइन् ।
२०१९ मा रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पारपाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवैजनाले मन मिलेपछि विवाह गरेका थिए ।
दुवैले अदालती विवाह दर्ता गरी हिन्दु परम्परा अनुसार विवाह गरे । यो विवाह नेपालमा भएको चर्चित विवाहमध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी भएकीले पनि विवाहले चर्चा पायो ।
रवि लामिछाने जोखिम मोल्ने सेलिब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए ।
सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रिय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।
रविले “सिधा कुरा जनता सँग” भन्ने न्यूज २४ मा आफ्नो टेलिभिजन शो चलाउँदै आएका छन् । यो कार्यक्रम लोकप्रिय छ । यस शो मार्फत, उनले समाज, देश र व्यक्तिहरू सम्बन्धी वास्तविक तथ्यहरू देखाएर सरकारी निकाय र मानिसहरूलाई सचेत र सतर्क गराउँदछन् । कार्यक्रमका कतिपय विषयवस्तु विवादमा पनि आउने गर्छ ।
जासुसी तरिकाले खोजी समाचार पस्केर रविले धेरैको ध्यानाकर्षण गराए । मूलधारको पत्रकारिताभन्दा भिन्न शो चलाएर रवि धेरैका प्रिय भए । बहुमुखी प्रतिभा भएका रवि गीत लेखनमा पनि सुनिएको नाम हो । उनको लोकप्रीय गीतहरु नविन भट्टराई र रामकृष्ण चित्रकार जस्ता कलाकारले गाएका छन् ।
यो वर्ष रवि लामिछानेका लागि चुनौतीपूर्ण रह्यो । आफ्नै पूर्व सहकर्मी शालिकराम पुडासैनीले आ त्मह त्या गर्नु अघि भिडियो बाहिर आयो । जसमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीका कारण आ,त्मह,त्या गरेको भनिएको छ । यसैका आधारमा प्रहरीले तीनैजनालाई आ त्मह त्याको दुरुत्साहनमा प,क्रा,उ गर्यो । रवि लामिछाने प,क्रा,उ घ,ट,नाले देशभित्र र बाहिर समेत चर्चा पायो । रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्न आदेश दियो ।
‘माओवादीका कारण लोकतन्त्रको स्थापना’ – वर्षमान पुन अनन्त
हामीले बैशाख ११ गतेलाई लोकतन्त्र स्थापना दिवसको रुपमा मानेका छौं। लोकतन्त्र दिवस झण्डै ७० वर्ष लामो लोकतान्त्रिक आन्दोलनको एउटा घटना हो। लोकतन्त्रपछि हामी जेठ १४ गतेलाई गणतन्त्र दिवस र असोज ३ गतेलाई संविधान दिवसको रुपमा मानेका छौं। यी सबै ऐतिहासिक दिनलाई संस्थागत गर्ने दस्तावेज निर्माण भएको दिनलाई संबिधान दिवसलाई नै मुख्य बनाएर जानुपर्छ भन्ने निर्णय गरेको छ। जसले गणतन्त्र, लोकतन्त्र, जनयुद्ध, विभिन्न जनआन्दोलन, मधेश आन्दोलन,जनजाति आन्दोलन सबैलाई समेट्ने छ।
२०६२र६३ ताका म तत्कालीन नेकपा माओवादीको राजधानी काठमाडौंसहित यसका वरिपरिका नारायणी, बाग्मती, गण्डकीका केही जिल्लासहितको विशेष कमाण्डको इन्चार्ज थिएँ । म राजनीतिक इन्चार्च र सैन्य कमाण्डको पनि सहइन्चार्च थिएँ । २०६२र६३ को १९ दिने जनआन्दोलनमा हामीले काभ्रेबाट मात्रै ९१ हजार ६०० जना काठमाडौं पठाएका थियौं । जनयुद्धको जगमा जनआन्दोलन र जनआन्दोलनमा पनि हाम्रो प्रत्यक्ष सहभागिता थियो। त्यसैले यसमा कुनै पार्टीको योगदानलाई धेरै र थोरै भनी मूल्यांकन गरिनु हुँदैन।
२००७ साल वरिपरिका लोकतान्त्रिक, सशस्त्र, शान्तिपूर्ण र सबै प्रकारको आ,न्दो,लनको योगको रुपमा अहिलेको संविधान, व्यवस्था र परिवर्तन आएको हो। त्यसैले यसलाई नै स्थापित गरेर नै जानुको बिकल्प छैन।
बैशाख ११ भनेको तत्कालीन राजा ज्ञानेन्द्रवि,रुद्ध सात राजनीतिक दलले तत्कालीन माओवादीसँग गठबन्धन गरेर १२ बुँदे समझदारीमार्फत जन,यु,द्ध र जनआन्दोलनलाई समायोजन गरेर १९ दिने आन्दोलन सुरु गरेको दिन हो। त्यसको क्लाईमेक्सको रुपमा राजा ज्ञानेन्द्रपछि हटेको रुपमा हामीले विशेष स्मरण गरेका छौं।
राजतन्त्रको पाटोको रुपमा राजा ज्ञानेन्द्र पछि हटे। तर राजतन्त्र जेठ १४ को घोषणाबाट अन्त्य गर्यौं । यसमा विभिन्न विश्लेषण छ। तर, यो एउटा ऐतिहासिक परिघटना हो । यसलाई हामीले सम्मान र आत्मसात् गर्नुपर्छ । घटनालाई अलगअलग गरेर हेरियो भने न्याय हुँदैन।
माओवादीको कोणबाट हेर्दा १२ बुँदे सहमतिमा माओवादीको पहल छ। प्रयत्न छ । सात दल तीनचार वर्षदेखि आन्दोलनरत थिए। तर, उनीहरुको आन्दोलन निर्णायक बन्न सकेको थिएन । माओवादी जनआन्दोलन १० वर्षदेखि चलिरहेको थियोे । ऊ पनि सफल भएको थिएन । यद्यपि, माओवादी जनयुद्धले सामन्तवादका जराहरू गाउँबाट काट्दै शहरसम्म र झण्डै काठमाडौंको नाराणहिटीमा मात्रै सीमित गरेको अवस्था थियो।
त्यही समयमा दुवै शक्तिले मिलेर जानुपर्छ भन्ने अनुभूत गरेर दुवै पक्ष मिलेर राजतन्त्रमाथि प्रहार गरेको ऐतिहासिक परिघटनालाई बैशाख ११ लाई लिनु पर्दछ।