प्रकाश दाहालको त्यो अन्तिम लेख- परिवर्तनका लागि म बन्दुक बोकेर मर्न तयार हुँदा कहाँ थियौ साथी ?

काठमाडौँ । मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य ।

यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडी गौण हुन् । म माओवादीको निरन्तर लडिरहने एउटा यो,द्धा हुँ ।

यी प्राथमिक परिचयबाहेक जोडिएका अन्य परिचय मेरा लागि गौण हुन् तर पुरै समाजले त्यसलाई प्रधान परिचय र मेरा संघर्षका मैदानहरुमा दिएको योगदानलाई माध्यमिक परिचयका रुपमा अपव्याख्या गरिरहेका छन् । हो, म पुष्पकमल दाहालको छोरा हुँ । तर, म प्रचण्डको एउटा लडाकू र कार्यकर्ता हुँ ।

म पुष्पकमल दाहाललाई बुवाका रुपमा अगाडी उभ्याउँछु, प्रचण्डका अघि नेकपा माओवादी केन्द्रको एउटा सदस्यका रुपमा उभिएको हुन्छु । समयचक्रका कारण म अध्यक्षको वरिपरि नै धेरै नै खटिएको थिएँ । जतिबेला अध्यक्ष प्रचण्डलाई राज्य र अन्तर्राष्ट्रिय जगतले पनि रेडकर्नर नोटिस जारी राखेको थियो त्यसबेला उहाँको सुरक्षा अं,गका रुपमा मैले लामो समय काम गरेको छु ।

उकाली ओराली, भन्ज्याङ चौतारी र विभिन्न युसद्धमा मेरो उहाँसँग निरन्तर सहयात्रा छ । हाम्रा लागि संविधानसभा, परिवर्तन हरेक जाती, वर्ग र समुदायको राजनीतिक उत्थान प्रधान हुँदाको लसडासइ प्रधान हो । हामी युसद्धसकासलमा पनि यहि लसडासइसमा निरन्तर लागिरहेको थियौं ।

जसका केही उपलव्धि भए त्यसको संस्थागत काम गर्नका लागि अहिले पनि लागिरहेका छौं । नेकपा माओवादी केन्द्रको एउटा साधारण योद्धाका रुपमा म यी सवै कुरा गरिरहेको छु ।

मलाई लाग्ने गरेको आक्षेपका पछाडी म दौडन चहान्न । तर, यी आक्षेपहरु कुन नियतका आधारमा लागिरहेका छन् भन्ने कुरामा मेरो दृष्टि छैन भन्नेचाहीँ होइन ।

त्यसकाविरुद्धमा मेरा प्रतित्रियाहरु मात्रै नआएका हुन् । शान्ति प्रक्रिया हुँदै नेपाली सरल राजनीति, मुल राजनीतिको केन्द्रविन्दुमा आएपछि प्रचण्डलाई प्रहार गर्ने योजनाका आधारमा अनेक कोणबाट मेरो नाममा नकारात्मक टिप्पणी हुन थाल्यो ।

स्मरण होस्, हामी पनि चन्द्रमाबाट झरेका एलियन होइन, साधारण परिवारका मान्छे हौं जो सँधै साधारणको अधिकारका लागि निरन्तर लसडिसरहेको थियो । यसमा मेरो नाम जोडेर प्रचण्डमाथि किन प्रसहासर ? अथवा प्रचण्डको नाममा ममाथि किन प्रससहासर रु जीवनको एउटा उर्जाशिल समयमा मलाई आक्षेप लगाउने साथीहरुले राजनीतिक मुनाफा लिएर वा अन्य अवसरको उपभोग जसरी गरिरहेका थिए, म युसद्धसको मैदानमा थिएँ ।

हज्जारौं सहादत पाएका योसद्धासहरुको भिडमा बसन्दुसक बोकेर राज्य र तानाशाहीविरुद्धको अभियानमा सक्रिय भएको थिएँ । यसको नजरअन्दाज गरी प्रकाश दाहालको परिचय पुष्पकमल दाहाल प्रचण्डको छोराका रुपमा मात्र गरिन थालियो । हो, म प्रचण्डको छोरा अवश्य हुँ ।

तर, त्यसबाहेक म माओवादीको निरन्तर सहयात्रामा जन,यु,द्धसकालदेखि लागेको योस,द्धा पनि हुँ । मैले जतिबेला ब,न्दु,क बोकेर जीवनलाई मृ,त्युसको धारमा हिँडाएको थिएँ । त्यसबेला कोही कसैले प्रचण्ड वा प्रकाशको जीवनबारेको चर्चा गहन रुपमा गरेन । तर, यो परिवेशमाथि मेरो केही वि,रोध वा समर्थन छैन ।

समाजको व्याख्या गर्ने एउटा दृष्टि हुन्छ । मान्छेका व्यक्तिगत कुरामा कहिले सही र कहिले गलत हुन सकिन्छ । समाजको हेर्ने दृष्टिकोण र मान्छेको जीवनको दृष्टि फरक हुनसक्छ । त्यसमा प्रत्येक व्यक्तिका प्रश्नको उत्तर दिँदै वा खण्डन गर्दै हिँड्न सकिन्न । मैले त्यसो गर्नु पनि आवश्यक ठानिन तर यसको अर्थ यो होइन कि मेरो बारेमा हुने अनेक टिप्पणीसँग म जानकार छैन ।

म जानकार छु रत भन्दैछु– बुवा प्रधानमन्त्री बन्नु उहाँको राजनीतिक जीवनको चक्रले दिएको अवसर भएझैं म त्यो सचिवालयमा उहाँको छोराका हिसावले होइन, सहयोद्धाका हिसावले भएको हुँ ।

मेरो विषयमा विभिन्न टिकाटिप्पणी गरी सामाजिक सञ्जाल र चियापसलहरु फोहोर बनाउने साथीहरुलाई एउटै प्रश्न छ– परिवर्तनका लागि हामी मसर्न तयार हुँदा, म बसन्दुसक बोकेर हिँड्दा कहाँ थियौ साथी ? परिवर्तन यत्तिकै भएको होइन, परिवर्तनका लागि मृ,त्यु लाई अँगालेर हिँड्न सक्नुपर्छ ।

अवसरसँग बाह्रैकाल नजिक हुने तर जब संघर्ष गरेकाहरुले काम गर्ने मौका आउँछ त्यसबेला वाइयात कुरामा अल्झिने साथीहरुले तथ्यलाई केलाएर अघि बढ्नुहुनेछ भन्ने अझै विश्वास लिएको छु । मुलुक निर्माणका लागि जसले जहाँ जसरी टिप्पणी गरिरहेपनि मेरा यात्राहरु निरन्तर अध्यक्षको सहयोगमा अघि बढ्नेछ भन्नेमा शंका छैन ।

यसर्थ, मेरा वि,रो,धमा अक्षरहरुको थुप्रो लगाउनेहरुसँग गुनासो गर्नुको साटो सुझाव दिन्छु– ति फगत शव्दहरुको थुप्रो सृजनात्मक कामका लागि उपयोग गरे कसो होला ?

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

1 + one =