तस्करीको ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

विराटनगर । अवैध रूपमा भारतबाट त,स्करी गरी विराटनगरतर्फ ल्याइँदै गरेको चिनीसहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी बिओपीका इनिसपेक्टर दिलबहादुर पन्तको नेतृत्वको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका अनुसार बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरामा को १ ख २१२९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकका सवारी चालक सुनसरी देवनगञ्ज गाउँपालिका– २ का २८ वर्षीय राजेश कुमार खत्वीलाई प,क्रा,उ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सवारी देवनगन्ज–२ का विसनदेव मेहताको भएको र तस्करीको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।

बराम चिनी सुनसरीको कप्तानगन्जका होलसेल कारोबारी अरविन यादवको भएको बताइएको छ । चिनीको मूल्य रु: २ लाख १० हजार भएको सशस्त्र प्रहरीको भनाइ छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety five − = 93