‘साला र भाइलाई थुनेको हुँ, भनसुन र पावर चल्दैन’: एसपी कार्की

काठमान्डौं । कपिलवस्तुमा जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक (एसपी) दान बहादुर कार्कीले गलत काम माथिको भ’नसुन र पा’वर आफूसंग नचल्ने बताउनु भएको छ ।

आफ्नो प्रहरी करिअरमा अहिलेसम्मको छवि भनेकै आ’त्मसम्मान र स्वाभिमान बचाउनु रहेको बताउँदै यसबाट च्यूत हुने काम कहिल्यै नगर्ने कार्कीले बताउनु भएको हो ।लायन्स क्लव अफ कपिलवस्तु बर्ष २०२१ । २२ ले सोमबार बाणगंगाको चार नम्बरस्थित माछापुच्छ्रे्र होटलमा गरेको पहिलो नियमित मिटिङ,

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसपी कार्कीले शान्ति सुरक्षा खलबलिनु र बा’धा सिर्जना हुनु, अ’पराधि र गलत कर्म गर्नेहरुले स’जाय नपाउनु र छुट्नू, प्रहरीप्रति जनताको भरोसा टुट्नुमा राजनैतिक संरक्षण, पावर र भनसुन नै मुख्य कारण रहेको भन्दै कार्कीले यस विषयमा आफू कठोर र छु’द्र रहेको बताउनु भयो ।

काठमाण्डौँको बानेश्वरमा आफ्नै सालालाई र बुटवलमा आफ्नै भाइलाई थुनेर मु’द्धा चलाएको समेत उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘बानेश्वरमा इन्चार्ज हुँदै मेरो आफ्नै सालाले क्याम्पसमा हुल दंगा गरेको थियो । साला भनेर छोडिनँ तुरुन्त थु’नेर मु’द्धा चलाएको हुँ ।

बुटवलमा पनि डिएसपी हुँदा पनि भाइलाई थु’नेको उदाहरण छ । परिवारबाटै कति प्रे’सर आयो तर स’जायँ दिलाएरै छोडेँ । किनकि उनीहरुले गलत कर्म गरेका थिए । कतिपय ठाउँमा मा’ननीय र नेताहरु पनि मेरो झोँ’कमा पर्ने गरेका छन् ।’गलत काम छ भने त्यो गलत नै हो ।

यसमा आफ्नो नेता, मन्त्री, सांसदका मान्छे, पत्रकार भनेर छुट दिन आवश्यक ठान्दिनँ । साथी, साला, भतिज कसैले पनि उ’न्मुक्ति पाउनु हुँदैन । कृपया यस्ता काममा कसैले पनि पावर लगाउने चे’स्टा नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । ‘गलत काममा भनसुन गर्न खोज्ने माननीय, राजनैतिक दलका नेता समेतलाई जेलमा जाक्ने चे’तावनी दिइसकपछि ठाउँमा आएका पनि उहाँले सुनाउनु भयो ।

प्रहरीको आ’त्मसम्मान गिर्ने गरी काम नगर्ने पनि उहाँले बताउनु भएको छ । इन्स्पेक्टर, एसपी, डिएसपीसंग बसेर साँझमा खाने अनि त्यही मान्छेले तेरो एसपी । डिएसपीसंगसंग बसेर खाएको हुँ भन्दै दिउँस ड्यु’टिमा खटिएको प्रहरी जवानसंग धाक लगाउँदै हिँड्ने, कानुन नमान्ने चलन ब्याप्त छ ।

यसले गर्दा प्रहरीको आ,त्मसम्मानमा चो’ट आएको छ । त्यो साँठगाँठ मसंग चल्दैन, कार्कीको भनाई छ ।काठमाण्डौँ, कास्की, सिरहा, रुपन्देही लगायतका स्थानमा काम गरिसकेको अनुभव सुनाउँदै उहाँले खराब र दुर्जनहरुको लागि बज्रने र सज्जन अनि पी’डितहरुसंग नौनी भएर काम गर्ने आफ्नो शैली रहेको समेत बताउनु भयो ।

बिभिन्न डरका कारण प्रहरी कार्यलयहरु, इन्सपेक्टरहरु, एसपीहरु, डिएसपीहरुलाई देख्दा नै सामान्य र निमुखाहरु ड’राउनु पर्ने स्थिति विद्यमान रहेको हुँदा त्यो अवस्था अन्त्य गर्ने कोसिस गर्ने एसपी कार्कीको भनाई छ ।जिल्लामा हुने अ’पराध, लागु औ’षधको समस्या, खुला सिमानाको कारण हुने तस्करी लगायतमा आफू सतर्क भएर काम गर्ने उहाँको भनाई छ ।

केही पुराना अ’पराध र ह’त्याका फाइल जिल्लामा लामो समय पेन्डिङ रहेको आफूले सुन्नमा आएकाले त्यसतर्फ पनि ध्यान दिइसकेको उहाँले बताउनु भयो । बुटवलमा रहँदा प्रचण्ड थैवका ह’त्या’रालाई दिल्लीबाट पक्रेर ल्याउने भूमिकामा आफूले नेतृत्व गरेको पनि उहाँले सुनाउनु भयो । त्यहाँ आफू डिएसपी छँदा दादाहरुमा भागाभागको स्थिति समेत आएको उहाँको भनाई छ ।

कि स्पिकरको रुपमा करिब ५० मिनेट बोल्नु भएका एसपी कार्कीले सबै जना मिलेर अगाडी बढेमा सुन्दर समाज बनाउन सकिने बताउनु भयो । लायन्स क्लवले जिल्लामा पहिलोपटक सम्मान गरेको भन्दै यस सम्मानको सम्मान हुने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । क्लवमा युवा सं’लग्नता बढी देखेको हुनाले युवाले नै समाज परिवर्तन गर्नु पर्ने उहाँको भनाई छ ।

कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसाल, एरिया को चिफ कृष्ण केसी, जोन चेयर पर्सन सुरेन्द्र घिमिरे, रेडियो मायादेवीका स्टेसन मयानेजर चन्द्रकान्त न्यौपानले लगायतले बोल्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । क्लवका अन्य पदाधिकारीले एसपी कार्कीलाई स्वागत र सम्मान गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

20 − fifteen =