माओवादी केन्द्र खारेजको माग गर्दै माओवादीका पूर्व नेताहरु निर्वाचन आयोग जाँदै

काठमाण्डौ । माओवादीका पूर्व नेताहरु नेकपा माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै माओवादी केन्द्रका पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् ।

माओवादी केन्द्र आफैँमा अवैधानिक भएको र लामो समयदेखि महाधिवेशनसमेत नभएकाले यस्तो पार्टीले गरेको निर्णय मान्ने नहुने र आफूहरुमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गर्दै आयोग जान लागिएको माओवादीका पूर्व नेता टोपबहादुर रायमाझीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘म चाहिँ जादिनँ, साथीहरु जान्छु भन्नु भएको छ, उहाँहरु जानुहुन्छ, कुनै वैधानिकता नभएको पार्टीले कारबाही गर्नु कानुनसम्मत छैन ।’ यही विषयमा पूर्व माओवादीका नेताहरु सर्वोच्च अदालत पनि जाने तयारी गरेका छन् ।

माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतलाई कारबाही गरेको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 5