कार्यदलको बैठक सकियो, गोकर्ण विष्ट भन्छन्ः भोलि सुखद सन्देश दिन्छौं

काठमाडौं । नेकपा एमाले कार्यदलले पार्टीभित्र देखिएका विवाद समाधान गरेको र भोलि सहमतिको घोषणा हुने बताएको छ । सिंहदरबारमा शनिवार बसेको कार्यदल बैठक पछि एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले भोलि सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी गराएका छन्।

‘हामी सहमतिका लागि अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौ, लगभग समस्यालाई समाधान खोज्ने विन्दुमा आएका छौं।

आजको दिनमै सुखद समाचार घोषणा गर्न सकेका छैनौं’ शनिवारको बैठकपछि विष्टले भने, ‘भोलिको दिन एकताको सन्देश सुन्न आतुर कार्यकर्तालाई भोलि सकारात्मक सन्देश दिन्छौ।

औपचारिक दिने काम मात्र बाँकी छ।’पार्टीलाई एकताबद्ध गर्न दुवै पक्षले इमानदारी प्रयत्न गरेको बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty three − fifty two =