सर्वोच्चको फैसलापछि जनार्दन शर्माको प्रतिक्रिया- ‘प्रतिगमन परास्त भो !’

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा फैसला सुनाउँदै विघटन बदर गरेपछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिगमन परास्त भएको प्रतिक्रिया जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा शर्माले लेखेका छन्, ‘प्रतिगमन परास्त भो !’

सर्वोच्चले विघटन बदर गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

देउवा लगायत प्रतिनिधि सभाका बहुमत सांसदले दायर गरेको रिटमाथि अदालतले सोमवार फैसला सुनाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

34 + = thirty eight