यी हुन् देउवा सरकारमा मन्त्रि बन्न लागेका कांग्रेसका नेता, गगन थापा पनि मन्त्रि बन्ने !

काठमान्डौं । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेअनुसार राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे सपथग्रहण कार्यक्रम राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा। लालबाबु यादवले जनाएअनुसार ४ बजेलाई सपथ खुवाउने तयारी गरिएको छ । र, सोहीअनुसार पत्राचार गरिएको पनि उनले जनाए । देउवाले आजै माओवादी केन्द्र र कांग्रेसबाट दुई जनालाई समावेश गरेर सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूसँगै केही मन्त्रीलाई पनि शपथमा साथै लिएर जाने तयारी गरेका छन् । प्राप्त जानकारी अनुसार देउवाले पहिलो चरणमा मन्त्रीमा कस कसलाई लिएर जाने भन्नेबारे पार्टीका नेताहरूसँग परामर्श गरिरहेका छन् ।

पहिलो चरणमा कांग्रेसबाट प्रकाशमान सिंह, ज्ञानेन्द्र बहादुर कार्की, डा.मिनेन्द्र रिजाल, वालकृष्ण खाँड, गगन थापा, डा.नारायण खड्का, भरत शाह, दिलेन्द्र बडु र डिला संग्रौलामध्ये दुई जनालाई शपथमा साथै लैजाने देउवाको तयारी छ । यसमध्ये खाँड, कार्की र डा।रिजालमध्येलाई प्रधानमन्त्रीको शपथमा सँगै लैजाने देउवाको तयारी रहेको स्रोतको दाबी छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = five