काठमान्डौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम टुंग्याएको छ । सिंहदरबारमा नेपाली कांग्रेसका सभापति तथा वेटिङ प्राइममिनिस्टर शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्री हुनेको नाम टुंगो लागेको हो ।
सिंहदरबारमा देउवासँग भेटमा प्रचण्डले आफ्नो पार्टीबाट तीन नेताको नाम मन्त्रीमण्डलमा सहभागी हुन दिएका छन् ।
स्रोतका अनुसार उनले दिएका तीन नाम हुन्– पम्फा भुसाल, देव गुरुङ र जनाद्र्धन शर्मा ।
प्रचण्डले तीन नाम दिए पनि आज पम्फा भुसाललाई मात्र मन्त्री पदको सपथ खुवाउन सकिने सम्भावना बढेको छ । देउवाले आज सानो मन्त्रिपरिषद् बनाउने भएकाले एक जनालाई मात्र सपथ खुवाउन खोजिएको हो ।
Facebook Comments Box