बालकृष्ण खाँड गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनको जिम्मा

काठमाडौँ । कांग्रेसले प्रधानमन्त्रीसहित गृह मन्त्रालय पनि आफैँले राख्ने भएको छ । प्रधानमन्त्री देउवाले मंगलबार बालकृष्ण खाँडलाई गृहमन्त्रालयको जिम्मेवारी दिने गरी शपथ गराउने भएका हुन्।

त्यस्तै कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

माओवादी केन्द्रबाट मंगलबार जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा जाने भएका छन्।

शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने सहमति देउवा र प्रचण्डबीच भएको छ। भुसालको मन्त्रालय भने टुंगो लागिनसकेको स्रोतले जानकारी दियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले ६ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन्। त्यही क्रममा सानो आकारको मन्त्रिपरिषदसमेत विस्तार गर्न लागेका हुन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten ÷ = five