काठमान्डौं । ।नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज(बुधबार) बालुवाटार छाड्दैछन् । आज बिहान ११ बजेपछि उनी सरकारी निवास बालुवाटर छाडी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् ।
युथ फार्सले पाँच हजार सवारी साधनले स्कर्टिङ गरी बालुवाटारबाट बालकोट लैजाने कार्यक्रम रहेको बताएको छ । पाँच हजार सवारी साधनमध्ये २ हजार वटा गाडी र तीन हजार वटा मोटरसाइकल हुनेछन् ।
सर्वोच्च अदालतको आदेशानुसार सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । यससँगै उनी पाँचौ पटक नेपालको प्रधानमन्त्री बनेका छन् ।
Facebook Comments Box