माधव नेपाल,नारायणकाजी र वामदेव बिच भेटवार्ता

काठमाडौँ । शक्ति सन्तुलनको केन्द्रमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छलफल गरेका छन्।

नेता नेपाललाई भेट्न गौतम र श्रेष्ठ विहान छुट्टा छुट्टै समयमा उनकै निवास कोटेश्वर पुगेका हुन्।

गौतमसँगको भेटमा पार्टी एकता र श्रेष्ठसँगको भेटमा सत्ता साझेदारीका बिषयमा कुरा भएको नेपाल निकट स्रोतको भनाइ छ।

ओली सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेका नेपालको हातमा सत्ता र संसद दुबैको चाबी छ। त्यसैले नेपालको मुभलाई राजनीतिक दलहरुले महत्वका साथ हेरेका छन्।

नेता नेपालले आजै आफ्नो समूहका नेताहरुसँग छलफल गरेर अबको रणनीति तय गर्ने तयारी गरिरहेका छन्। नेपाल समूहका नेताहरुले देउवा सरकार पुरै कार्यकाल चल्नुपर्ने बताउँदै आएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ two = four