काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीबिच भेट भएको छ। देउवा निवास बुढानीलकण्ठ पुगेर बेरीले देउवालाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका हुन्।
भेटका क्रममा देउवा र बेरीबिच अमेरिका र नेपालबिच विभिन्न क्षेत्रमा भइरहेको साझेदारी र सहयोगका बारेमा छलफल भएको पराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै, अमेरिकाले कोभिड १९ विरुद्ध लड्न सहयोग गरेको स्वास्थ्य सामाग्रीको बारेमा पनि छलफल भएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रुपमा शपथ खुवाए लगत्तै सामाजिक संजालमा बेरीले देउवालाई बधाई व्यक्त गरेका थिए।
बुधवार भारतीय राजदूत विनय मोहन क्वात्राले पनि बुढानीलकण्ठ पुगेर देउवालाई बधाई व्यक्त गरेका थिए।
Facebook Comments Box