ओली ले ४ बर्षमा गर्न नसकेको काम जनार्दन शर्माले एकदिनमै गरेर देखाइदिए, चौतर्फी वाहीवाही !

काठमाडौं । यतिबेला अर्थमन्त्री जनार्दन शर्मा चर्चामा छन । उनले ओली सरकारले लामो समयदेखि गर्न नसकको काम १ दिन नबित्दै गरेपछि र्चातर्फी चर्चाका पात्र बनेका छन ।

उनको सुरुवात देखेर नया पुस्तामा खुसीको सञ्चार भएको छ । धेरैको निराशा आशामा परिणत भएको छ । लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको माग पुरा भएको छ ।

दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उनले तत्काल समस्या समाधान गरेका हुन् ।

अर्थमन्त्री शर्माको निर्देशनपछि बुधबार उनीहरुलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा हरि पराजुलीले जानकारी दिए ।

कोरोना महामारीको प्रतिकुल परिस्थितिमा काम गरेका इन्जिनियरहरूको माग सम्बोधन भएसँगै उनीहरुलाई काम गर्न थप हौसला मिल्ने प्राधिकरणले विश्वास लिएको छ ।

इन्जिनियरहरूको माग सम्बोधनका लागि डा पराजुली अर्थ मन्त्रालयमा फाइल बोकेर बुधबार पुगेका थिए भने लगत्तै शर्माले मातहतको निकायलाई आवश्यक रकम भुक्तानी गर्न निर्देशन दिएका थिए ।

निकासा भएको रकम ३ हजार ६४ जना इन्जिनियर तथा प्राविधिकलाई भुक्तानी गरिनेछ ।

यसअघि आफूहरुले पाउनुपर्ने सेवा सुविधाको माग गर्दै पटक पटक करारका ती इन्जिनियरहरूले आन्दोलन गर्दै आएपनि माग सम्बोधन हुन सकेको थिएन।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty one − 12 =