काठमान्डौं । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा नेतृत्वको सरकार लोकप्रिय बन्ने संकेत देखिएको छ । देउवा सरकारका अर्थमन्त्री जनार्दनले कार्यभार सम्हालेको पहिलो दिनमै त्यस्तो छनक ल्याएपछि उनको प्रशंसा सुरु भएको हो ।
लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको माग पुरा भएको छ । दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उनले तत्काल समस्या समाधान गरेका हुन् ।
अर्थमन्त्री शर्माको निर्देशनपछि बुधबार उनीहरुलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा हरि पराजुलीले जानकारी दिए ।
को,रोना महा,मारीको प्रतिकुल परिस्थितिमा काम गरेका इन्जिनियरहरूको माग सम्बोधन भएसँगै उनीहरुलाई काम गर्न थप हौसला मिल्ने प्राधिकरणले विश्वास लिएको छ ।
इन्जिनियरहरूको माग सम्बोधनका लागि डा पराजुली अर्थ मन्त्रालयमा फाइल बोकेर बुधबार पुगेका थिए भने लगत्तै शर्माले मातहतको निकायलाई आवश्यक रकम भुक्तानी गर्न निर्देशन दिएका थिए ।
निकासा भएको रकम ३ हजार ६४ जना इन्जिनियर तथा प्राविधिकलाई भुक्तानी गरिनेछ । यसअघि आफूहरुले पाउनुपर्ने सेवा सुविधाको माग गर्दै पटक पटक करारका ती इन्जिनियरहरूले आन्दोलन गर्दै आएपनि माग सम्बोधन हुन सकेको थिएन।
स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय
को,रोना महा,मा,रीमा जोखिमपूर्ण काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हालेकै दिन अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता निकासा गर्ने निर्णय गरेका हुन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री शर्माले स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि ६५ करोड १४ लाख बजेट स्वीकृत गरेका छन् ।
त्यसैगरी बुधबार नै स्वास्थ्यकर्मीहरुको जस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको पनि माग पूरा भएको छ । इन्जिनियरहरूले पाउनुपर्ने भत्ता रकमवापत अर्थमन्त्रालयले बुधबार ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा गरेको छ ।
सरकारले फ्रन्टलाइनमा खटिने सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सकेको छैन । बीर अस्पतालमा फ्रन्टलाईमा खटिने स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको एक बर्षदेखि गुनासो गर्दै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ताको व्यवस्था गरे पनि वीर अस्पतालले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुले नपाएको गुनासो गरेका छन् ।
बीर अस्पतालको को,भिड वार्डमा कार्यररत नर्स निर्मला शर्माले जोखिम भत्ताको नाममा हालसम्म ९ हजार रुपैयाँ प्राप्त गरेको सुनाइन । कोभिड वार्डमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता ४ हजारदेखि ९ हजार रुपैयाँ उपलब्ध गराएको उनको भनाइ छ ।
यस्तै फ्रन्लाइनमा खटिएर जोखिमभत्ता नपाउने बीर अस्प,तालका स्वास्थ्यकर्मी मात्रै नभएर पाटन, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरुले समेत बेलाबेलामा जोखिम भत्ताको माग गर्दै आइरहेका छन् ।
चाकडी गर्न नआउन चेतावनी
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफु राष्ट्रका लागि केही गर्ने उद्देश्यका साथ आएको बताए ।
मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिवद्धता भएको मन्त्री शर्माले बताए ।
मन्त्री र कर्मचारीबीच कुनै दुरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाप्लुसीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गरे । मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उनले आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढिरहेको व्यापार घाटा चुनौतीको रुपमा देखिँदै गएको बताए । नवनियुक्त अर्थमन्त्रीको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले मुद्रा सञ्चितिको अवस्था राम्रो भएपनि व्यापार घाटा चुलिँदै गएकोमा चिन्तित हुनुपर्ने बताए ।
देशको विकास निर्माण तथा सेवा क्षेत्रमा खर्च गर्न पर्याप्त मौज्दात भएपनि हरेक वर्ष बढ्दै गएको व्यापार घाटाले समस्या निम्त्याउने बताए । आगामी आर्थिक वर्षमा निर्यातको मात्रा बढाउन सरकारको ध्यान जानुपर्ने उनले बताए ।
देशमा निर्माण वा उत्पादन हुनसक्ने सानो भन्दा सानो माल वस्तु पनि महङ्गोमा आयात भइरहेको गर्भनर अधिकारीले बताए ।
नवनियुक्त अर्थमन्त्रीलाई मन्त्रालयमा परिचयात्मक ब्रिफिङ गर्दै सचिव शिशिरकुमार ढुंगानाले आर्थिक स्रोतका दक्षतापूर्ण परिचालन गर्न सकेमात्र लक्ष्य गरिएको आर्थिक वृद्धि मेटाउन सकिने बताए ।
व्यापार घाटा कम गर्नुपर्ने विचार राखेका गर्भनर अधिकारीपछि बोल्दै सचिव ढुंगानाले कोरोनाका कारण थलिएको अर्थतन्त्र र खुम्चिएको राजश्व संकलनका बीच आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन श्रोतको दक्षतापूर्वक प्रयोग र संकलन भएको राजश्व आर्थिक वृद्धिका क्षेत्रमा, विकास पूर्वाधारको क्षेत्रमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।
यस्तै अर्थमन्त्री जनार्दन शर्मालाई बिफ्रिङ गर्दै सचिव ढुंगानाले खोप खरिद र वितरण तथा कोभिड प्रभावितहरूका लागि राहत र पुनःस्थापना साथै समग्र अर्थतन्त्रको पुनरुत्थानमा मन्त्रालयले प्राथमिकताको साथ काम गर्नुपर्ने बताए ।
यसका साथै अहिले सरकारले नीजि क्षेत्रको मनोबललाई उच्च राख्नेगरी काम गर्नुपर्ने बताए ।