अन्तत: माओवादी एकढिक्का हुने पक्का, बादल बाहेकको एकता घोषणा हुँदै !

काठमान्डौं । प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बुधबारदेखि एकाएक राजनीतिक भेटघाटमा सक्रिय बनेका छन्।

बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारस्थित उनको निवासमै पुगेर भेटेका विप्लव बिहीबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगे।

कोटेश्वरमा उनले नेपालसँग छलफल गरिरहेकै समयमा प्रचण्ड पनि आइपुगे। त्यहाँ तीन नेताबीच भेटघाट मात्र भएन, एमाले अध्यक्ष केपी शर्मा ओलीइतरका सबै वामपन्थी शक्तिहरुबीच सहकार्य गरेर अघि बढ्नेबारे छलफलसमेत भयो।

आफ्नो गृहजिल्लामा बस्दै आएका विप्लव खासमा थुनामा रहेका आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा उनीहरुमाथिका मुद्दा फिर्ताका लागि पहल गर्न काठमाडौं आएको उनको पार्टीका नेताहरुले बताएका थिए।

तत्कालीन प्रधानमन्त्री ओलीसँग तीन बुँदे सहमति गरेर नाटकीय रुपमा भूमिगत राजनीति छाडेका विप्लव ओलीको सत्ता बहिर्गमनसँगै उनको विपक्षी गठबन्धनका नेताहरुसँग नजिकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तत्कालीन ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सम्झौता भएको पाँच महिना वितिसक्दासमेत आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा मुद्दा फिर्ता नभएपछि विप्लव त्यही पहल गर्न शीर्षनेतासँगको भेटघाटमा सक्रिय रहेको उनको पार्टीका नेताहरुको दाबी छ।

गत फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमतिमा सरकारले नेता र कार्यकर्तालाई रिहा गर्ने, उनीहरुमाथि लगाइएका मुद्दा फिर्ता लिने सहमति भएको थियो। तर, तत्कालीन प्रधानमन्त्री सहमति पालना गर्न आनाकानी गरेकाले समस्या उत्पन्न भएको नेताहरु बताउँछन्।

नेकपाका महासचिव विप्लवले त्यसयता बालुवाटार पुगेर तीन पटक ओलीसँग कुरा गरेका थिए। तर, ओलीले भने प्रक्रियामा रहेको भन्दै आलटाल गरेर नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्तामा बिलम्ब गरेका थिए।यसबीचमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि विप्लव आफ्नै गृह जिल्लामा बस्नथालेका थिए।

त्यसपछि काठमाडौं आएर उनी ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। यसपटक पनि ओलीले रिहाई र मुद्दा फिर्ताको कार्य प्रक्रियामै रहेको बताएका थिए।

ओली सरकारको बर्हिगमन हुने संकेत देखिएपछि विप्लव नेतृत्वको नेकपाका नेताहरु धर्मेन्द्र बास्तोला र उदयबहादुर चलाउनेले गत असार ९ गते जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई काठमाडौं आएर भेटघाट गरेका थिए।

भट्टराईलाई भेटेको तीन दिनपछि बास्तोला र चलाउनेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेका थिए। त्यतिबेला पनि आफूहरुले बन्दी रिहाई र मुद्दा फिर्तासँगै पछिल्ला राजनीतिक घ,टनाक्रमका बारेमा छलफल गरेको चलाउनले बताए।

गृहजिल्ला कपिलवस्तुमा बस्दै आएका विप्लव गत मंगलबार काठमाडौ आइपुगेका हुन्। उनी काठमाडौं आएपछि आफ्नै पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुर्दशन’लाई भेट्न गंगालाल अस्पताल बाँसवारी पुगेका थिए।

पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ताका विषयमा छलफल गर्न विप्लव र बास्तोला बुधबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ताबारे छलफल भनिए पनि त्यो भेट त्यतिमा सीमित थिएन। त्यसको संकेत बिहीबार कोटेश्वरको नेपाल निवासमा भएको छलफलले पनि गरेको छ।

कोटेश्वरमा प्रचण्ड, नेपाल र विप्लवबीच ओलीबाहेकका कम्युनिष्टहरुबीच मोर्चाबन्दी गर्नेबारे छलफल भएको थियो। तर, विप्लवनिकट एक नेताले भने मुख्य विषय नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता नै भएको दाबी गरे।उनले नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्ताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेट्ने तयारी गरिएको बताए।

विप्लव नेतृत्वको नेकपाका १३० भन्दा धेरै नेता कार्यकर्ता जेलमा छन्। सचिवालय सदस्य हेमन्तप्रकाश ओलीलाई बिहीबार मात्र रिहा गर्न सर्वोच्चले आदेश दिएको छ। केन्द्रीय सदस्य भरत बमसहित नेता कार्यकर्ता अझै जेलमै छन्।

नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको विषयमा ढिलाइ हुन थालेपछि नेता कार्यकर्ता रिसाउन थालेको भन्दै विप्लव आफै काठमाडौ आएर सक्रिय भएको नेताहरु दाबी गर्छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 × one =