काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधि सभाको बैठकमा पनि दुई धारमा विभाजन भएको छ । विघटन भएको प्रतिनिधि सभा पुनःस्थापनापछि आज बसिरहेको पहिलो बैठकमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादव पक्षका सांसद सत्ता पक्षमा बसेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष विपक्षमा बसेका छन् ।
जसपाका १७ सांसद भट्टराई–यादव समूहमा छन् । सरकारलाई समर्थन गरेको जनमोर्चाकी सांसद दुर्गा पौडेल भने विपक्षको रोमा बसेकी छन् ।
आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् ।
Facebook Comments Box