काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले को-भिड १९ प्रभावित व्यवसायीलाई राहत तथा पुनर्स्थापनाका प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताएका छन् ।
बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन ।
मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्न नीतिगत र योजनागत रुपमा नयाँ संकल्पको खाँचो रहेको पनि बताए । स्थानीय तथा प्रदेशस्तरमा साना उद्योगहरुको सञ्जाल निर्माण गर्दै ठूला उद्योगहरु स्थापना गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
“औद्योगिक क्षेत्रमा विशेष लगानी नगरी देशलाई आत्मनिर्भर बनाउन सकिँदैन,” उनले भने ।
बढ्दो व्यापार घाटा निराकरण गर्ने मुख्य आधार नै औद्योगिकीकरण भएको उनले बताए ।
Facebook Comments Box