ओली लचिलो बन्दै ! माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हदैसम्म लचिलो हुन तयार भएका छन् । केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा अध्यक्ष ओलीले एकता जोगाउन वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार हुँदा पनि नेपालले पार्टीविरुद्ध लागेर अप,राधिक गतिविधि गरेको आ,रोप उनले लगाएका छन् ।

‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु’, अध्यक्ष ओलीको भनाइलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ ।’

उनले माधव नेपालप्रति आफू हदैसम्म लचिलो हुँदा उनले अक्ष्यम्य अपराध गरेको हुँदा अब भने सजिलै क्षमा गर्न नसकिने बताए । ‘उहाँले पार्टीविरुद्ध यत्रो अप,राध गर्दा पनि उहाँले आ,त्मालोचना र कमजोरी महसुस गर्ने कि नगर्ने ?’ उनले भने ।

उनले माधव नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखिने बताउँदै अदालतको फैसला पनि संसारमै नयाँ रेकर्ड रहने बताए ।
उनले पार्टी एकताको अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्ने बताए । अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै एकता भएमा सबै संरचनाहरू २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुने उल्लेख गरे ।

उनले एमालेको विभाजन गर्न अध्यादेश ल्याउने, राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउने असम्भव सपना नदेख्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी पनि दिएका छन् । एमाले केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले माधव नेपाल र अन्य साथीको हकमा एउटै मापदण्ड बनाउन नसकिने अध्यक्ष ओलीले स्पष्ट पारेको जानकारी दिए ।
बैठकले चार प्रस्ताव पारित गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनले संविधानको धारा ७६(५) लाई संशोधन गर्न पहल गर्नेसमेत निर्णय भएको बताए ।

यसैबीच वरिष्ठ नेता माधवकुमार नेपालले असंवैधानिक रूपमा गरिएको प्रतिनिधिसभा विघटनलाई सच्याउन र रोक्न देउवा सरकारलाई मत दिनुपर्ने आवश्यकता भएको स्पष्ट पारेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 5 = thirty