प्रचण्डपत्नीको स्वास्थ्य अवस्था बुझ्न रामचन्द्र पौडेल खुमलटारमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बिहान खुमलटारस्थित पुष्पकमल दाहाल (प्रचण्ड)को निवास पुगेर दाहाल पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रचण्ड पत्नी दाहाल लामो समयदेखि पार्किन्सन्स नामको दुर्लभ रोगबाट पीडित छिन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड को स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले कांग्रेस नेता पौडेलले आज बिहान निवासमा पुगेर आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइन् ।

सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × 7 =