अर्थतन्त्रको यथार्थपत्र सार्वजनिक गर्न खोज्दा अनावश्यक आतंक सिर्जना गरियो: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको पछिल्लो आर्थिक स्थितिबारे यथार्थपत्र सार्वजनिक गर्न खोज्दा अनावश्यक आतंक सिर्जना गरिएको बताएका छन् ।

कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको पनि उनले बताएका छन् । “श्वेतपत्र सार्वजनिक गर्दा आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छु ।

मैले यसो गर्छु र उसो गर्छु भनेर घमण्ड देखाउने पनि हैन । जिम्मेवारी लिँदाको वास्तविक चित्र मात्र देखाउन खोजेको हुँ । तर, यसैलाई लिएर बजारमा आतंक सिर्जना भएको देखियो । आतंकित नहुन अनुरोध गर्छु,” उनले भने ।

मन्त्री शर्माले सरकार आगामी दिनमा कसरी अगाडि बढ्न उपयुक्त हुन्छ भनेर सरोकारवालाहरुसँग छलफल गर्दै आएका छन् । उनले केही पूर्वअर्थमन्त्री, अर्थविद्हरुसँग छलफल गरेका छन् । उनले पुँजीगत खर्च बढाउन अर्थविद्हरुको सुझावानुसार नै तालिका बनाएर अघि बढ्ने बताए ।

“विकास निर्माणको कामलाई तीव्रता दिन विद्यमान सार्वजनिक खरिद ऐनका परम्परागत प्रावधानहरु पनि बाधक रहेकोले समयानुकूल बनाउन प्रयत्न पनि गर्नेछु,” उनले भने ।

विकास निर्माणको काममा जनपरिचालनको मोडालिटी अपनाउनुपर्ने भन्दै उनले जनताले स्वामित्व स्वीकार नगरेसम्म विकास निर्माणको कामले गति लिन नसक्ने बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ three = one