काठमाडौं । पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ ।
मंगलबार उच्च अदालत पाटनले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको उच्च अदालत पाटनका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
पूर्व सभामुख महरामाथि एक महिलाले आफूमाथि हिंसासहित यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएपछि उनलाई थुनामा समेत राखिएको थियो ।
Facebook Comments Box