काठमान्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ गठबन्धनलाई व्यङ्ग्य गर्दै एमसिसी सदनमा पेस गरेर पास गर्नका लागि सुझाव दिएका छन् ।
बाँस्कोटाले झण्डै दुईतिहाइको परमादेश देउवा सरकार भन्दै शेर बहादुर देउवा नेतृत्वको सरकारमाथि व्यङ्ग्य गरेका हुन् । उनले विभिन्न दाउपेच गरिरहनु भन्दा खुरुक्क संसदमा प्रस्ताव पेस गर्न उनको सुझाव छ ।
बाँस्कोटा लेख्छन्, ‘एमसिसी परियोजनाका विषयमा राजनीतिक दाउपेच गरिरहनुभन्दा खुरुक्क संसदमा प्रस्ताव पेस गरे हुन्छ नि झन्नै दुई तिहाईको परमादेश देउवा सरकारले ।’
यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा एमसिसी तत्काल पेस गर्नका लागि देउवाले नै संसदमा बेल घेर्न लगाएको बाँस्कोटाले बताए । उनले अहिले देउवाकै सरकार भएको भन्दै संसदमा पेस गर्न चुनौती दिए ।
ओलीलाई सरकारबाट हटाएपछि एमसिसी पास गरिदिनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई वचन दिएको बाँस्कोटाको आरोप छ । उनले लेखेका छन्, “ओली हटाएपछि पास गरिदिने विश्वास दिलाउने प्रचण्ड समेतको अग्रगामी मोर्चामै छ हैन सजमो पनि ?”