काभ्रे । महाभारत गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी एक सयजनाभन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार बनेपामा आयोजित एक कार्यक्रमको अवसरमा विभिन्न पार्टीका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलल स्वागत गरे ।
माओवादी केन्द्र महाभारत गाउँपालिकाका इन्चार्ज सुजन लामाले भने, ‘झण्डै एकसय जनाभन्दा बढी प्रवेश हुनुभएको छ ।’
उनका अनुसार कांग्रेसका क्रियाशील सदस्यहरु पनि माओवादीमा प्रवेश गरेका छन् । त्यस्तै क्रान्तिकारी माओवादीका वडास्तरका उम्मेदवारसहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कतिपय एमाले समर्थक तथा कार्यकर्ता पनि माओवादी प्रवेश गरेका छन् ।
महाभारत गाउँपालिकाका वडा नं. २, ६, ४ का कांग्रेसका क्रियाशील सदस्यसँगै, ५, ७ र ८ का विभिन्न पार्टी सम्बद्ध कार्यकर्ता प्रवेश गरेका छन् ।