काठमान्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी कम्युनिष्ट एकता हुने खुलासा गरेका छन् ।’ यस विषयमा विप्लवसँग पनि सकारात्मक ढंगले कुराकानी भएको प्रचण्डले बताएका छन् ‘।
प्रचण्डले आइतबार हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँले लिएको अन्तवार्तामा भने, ‘एमाले माधव नेपालको नेतृत्वमा बन्छ र फेरी कम्युनिष्ट एकता हुन्छ ।’ विप्लवसँग भएको कुरा त्यहि नै हो ।प्रचण्डले आफ्नो र विप्लवको मिलेको कुरा भनेको कम्युनिष्ट आन्दोलनलाई नै एकतावद्ध गर्नु पर्छ भन्ने रहेको बताए’ ।
कार्यक्रममा प्रचण्डले भने, ‘माओवादी मात्र एकता गर्छु भन्नु हुँदैन र होइन पनि ।’ माओवादी भन्नेहरू पनि एकथरी कहाँ पुगे एकथरी कहाँ छन् रु माओवादीलाई मात्र मिलाउने कुरा नभई राष्ट्रलाई, आन्दोलनलाई र जनतालाई एकतावद्ध गर्न नयाँ विचारसहित संश्लेषण गरी मिलेर काम गरौं भन्ने कुरामा आफ्नो र विप्लवका बीच मोटामोटी सैद्धान्तिक समझदारी भएकै हो ‘।
यस बीचमा अलि गम्भिर ढंगले छलफल गरी समिक्षा गरेर एक ठाउँमा जाउँ भन्ने बाबुराम भट्टराईको पनि विचार रहेको प्रचण्डले बताएका छन् । ‘प्रचण्डले भने, ‘१–२ महिना अगाडि किरणजीहरूसँग पनि आफ्नो कुरा हुँदा कम्तिमा मुद्दामा केन्द्रित भएर मिलेर जाने बारे सोच्नु पर्यो भने । ‘नत्र भने यो शान्ति प्रक्रिया र माओवादी आन्दोलनले गरेका उपलब्धिहरू के हुने हुन् भन्नेमा उहाँपनि चिन्तित भएकै देख्छु’ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले माधव नेपालको नेतृत्वमा बन्ने र फेरी कम्युनिष्ट एकता हुने खुलासा गरेका छन् ।’ यस विषयमा विप्लवसँग पनि सकारात्मक ढंगले कुराकानी भएको प्रचण्डले बताएका छन् ‘।
प्रचण्डले आइतबार हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँले लिएको अन्तवार्तामा भने, ‘एमाले माधव नेपालको नेतृत्वमा बन्छ र फेरी कम्युनिष्ट एकता हुन्छ ।’
विप्लवसँग भएको कुरा त्यहि नै हो ।प्रचण्डले आफ्नो र विप्लवको मिलेको कुरा भनेको कम्युनिष्ट आन्दोलनलाई नै एकतावद्ध गर्नु पर्छ भन्ने रहेको बताए’ ।
कार्यक्रममा प्रचण्डले भने, ‘माओवादी मात्र एकता गर्छु भन्नु हुँदैन र होइन पनि ।’ माओवादी भन्नेहरू पनि एकथरी कहाँ पुगे एकथरी कहाँ छन् रु माओवादीलाई मात्र मिलाउने कुरा नभई राष्ट्रलाई, आन्दोलनलाई र जनतालाई एकतावद्ध गर्न नयाँ विचारसहित संश्लेषण गरी मिलेर काम गरौं भन्ने कुरामा आफ्नो र विप्लवका बीच मोटामोटी सैद्धान्तिक समझदारी भएकै हो ‘।
यस बीचमा अलि गम्भिर ढंगले छलफल गरी समिक्षा गरेर एक ठाउँमा जाउँ भन्ने बाबुराम भट्टराईको पनि विचार रहेको प्रचण्डले बताएका छन् ।
‘प्रचण्डले भने, ‘१–२ महिना अगाडि किरणजीहरूसँग पनि आफ्नो कुरा हुँदा कम्तिमा मुद्दामा केन्द्रित भएर मिलेर जाने बारे सोच्नु पर्यो भने । ‘नत्र भने यो शान्ति प्रक्रिया र माओवादी आन्दोलनले गरेका उपलब्धिहरू के हुने हुन् भन्नेमा उहाँपनि चिन्तित भएकै देख्छु ।