ओलीसँग भेट्न माधव नेपालको ‘आनाकानी’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् ।

तर, १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन्। अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन्। नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका दोस्रो तहका नेता सुवास नेम्बाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने बताएका थिए।

त्यहीबमोजिम बिहीबार नेपाल र नेम्बाङबीच करिब डेढ घन्टा भेटवार्ता भएको छ। नेपालले पौडेलसँग शुक्रबार भेट गर्न सक्ने जनाइएको छ। नेम्बाङले दुई शीर्ष नेता भेटेर एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आग्रह गरेको जानकारी दिए।

‘तपाईं (नेपाल) र अध्यक्ष कमरेड (ओली) भेटेर कुराकानी गर्नुहोस् र एकतालाई ठोस रूपमा अगाडि बढाउन सकिन्छ भनें’, विघटित कार्यदलमा संस्थापन पक्षका संयोजकसमेत रहेका नेम्बाङले भने। नेम्बाङको आग्रहमा नेपालले ‘ठिकै छ’ भनेर जवाफ दिएको जनाइएको छ।

नेम्बाङले ओली र नेपालले बनाएको कार्यदलमा दुई पक्षबीच भएको १० बुँदे सहमति जोगाउन पनि आग्रह गरेका थिए। ‘१० बुँदे सहमति गरेका छौं। यसलाई टुंगोमा पु¥याउनुपर्छ। अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ’, नेम्बाङले नेपाललाई भनेका थिए।

नेपालले नेम्बाङसँगको भेटमा पनि १० बुँदे सहमतिका विषयमा स्पष्ट नबताएको जनाइएको छ। ‘मकहाँ कार्यदलले दिएको प्रतिवेदन बोक्छु’ भन्ने जवाफ नेपालले दिएको स्रोतले बतायो।

नेम्बाङले सत्तारुढ गठबन्धनमा सहभागिताका विषयमा प्रश्न गर्दा पनि नेपालले विभिन्न उपमा दिएर उत्तर दिएका थिए। ‘तपाईंले गठबन्धनमा छैन भन्नुभएको थियो।

तर, पछिल्लो समय प्रतिनिधि गएको देखिन्छ। किन जानुभएको रु’ नेम्बाङको प्रश्न थियो। नेपालले भने कथा हालेर जवाफ दिएको जनाइएको छ। पार्टी यो अवस्थामा आउनुमा लामो कारण रहेको उनको भनाइ थियो।

एकतासम्बन्धी विघटित कार्यदलले ओली र नेपाललाई भेट गराउन प्रयास गरेको छ। १० बुँदे सहमतिको प्रतिवेदन दुवै नेतालाई बुझाएदेखि नै भेट गराउन लागे पनि यो प्रयास अझै सफल भएको छ। कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो।

ओलीले त्यो प्रतिवेदन अपनत्व ग्रहण गर्दै कार्यान्वयनका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि अनुमोदन गराइसकेका छन्। तर, नेपालले सुरुकै दिनदेखि विमति राख्दै आएका छन्। नेपालले आफैंले गठन गरेको कार्यदलका आफू पक्षका सदस्यप्रति पनि अविश्वास गरिरहेका छन्।

१० बुँदे सहमतिविपरीत नेपालसहित २२ प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिइसकेका छन्। नेपाल पक्षमा रहेका कार्यदल सदस्य तथा स्थायी कमिटी सदस्यसमेत एकताकै पक्षमा देखिए पनि कहिले नेपाल स्वयं त कहिले डा।

विजय पौडेललाई पठाएर सत्तारुढ गठबन्धनको बैठकमा सहभागी भइरहेका छन्। वरिष्ठ नेता नेपाललाई विश्वासको मत दिने २२ जनाले देउवा सरकारमा जान पनि नेपाललाई दबाब दिइरहेका छन्।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालकै सहमतिमा जेठ २ मा दुवै पक्षका पाँच÷पाँच जना राखेर कार्यदल बनाइएको थियो। कार्यदलमा संस्थापन पक्षबाट नेम्बाङको नेतृत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए भने नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty five = seventy three