काठमान्डौं । गोरखा जिल्लाकी ४१ वर्षीया इन्दिरा नरालको कोभिडका कारण मृ,त्यु भएपछि उनका तीन छोरीले काज,किरिया गरिरहेका छन्।
जेठी र माहिली छोरीले मुण्डन गरेका छन् भने आमाको इच्छानुसार कान्छी मुण्डन नगरी किरिया बसेकी छन्।
“आमाले जन्म दिइसकेपछि छोराले गर्न सक्ने काम अघि सरेर हामी छोरीले गर्न सक्नुपर्छ भनेर तीन दिदीबहिनीमा हिम्मत आयो अनि आमाको काजकिरिया गरेका (हौँ),” जेठी छोरी अर्पना नरालले बीबीसीलाई बताएकी छन्।
नेपाली समाजमा प्रायः छोराले नै आमाबुबाको काजकिरिया गर्ने चलन छ। छोरी भएर पनि आमाको किरिया बस्दा सबैको सहयोग पाएको उनीहरूको भनाइ छ।
Facebook Comments Box