सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको छ । को,रोना संक्र,मितको सक्रिय संख्या पाँच सय बढी नाघेपछि जिल्ला प्रशासनले निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो ।
जनस्वास्थ्यका मा,प,द,ण्ड पालना नगर्दा को,रोना संक्र,मितको संख्या ह्वात्तै बढ्दै गएपछि निगरानी बढाउँदै पसल खोल्ने समय तय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
निषेधाज्ञा रोक्न थप कडाइ गरिए पनि वीरेन्द्रनगरमा खाद्यान्नलगायतका अन्य पसलहरू भने आज (आइतबार) देखि बिहान ९ बजेबाट साँझ ६ बजेसम्म पसल खोल्ने निर्णय गरिएको छ।
औषधि तथा औषधीजन्य पसल, पेट्रोल पम्प चौबीसै घण्टा र तरकारी, फलफुल तथा दुधजन्य पसल दैनिक विहान ६ देखि साँझ ६ बजेसम्म खोल्न सकिने स्थानीय प्रशासनद्वारा जारी आदेशमा उल्लेख छ ।
सुर्खेतमा साउन २२ गते रातिसम्म निषेधाज्ञा जारी गरिएको छ ।