काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट हटेसँगै दमन शुरु भएको बताएका छन् । तुलसीलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो देशमा विकास र सुशासननका लागि कम्युनिस्ट नै चाहिन्छ भनेर स्थापित गरेको बताए ।
‘हामी सरकारबाट हट्यौं । सरकारबाट हटेको भोलिपल्ट स्काउट जस्ता संस्थालाई चल्न दिइएन । स्काउटविरुद्ध जुलुस निकाल्न थालियो’ उनले भने ।
२०० मान्छेलाई भेला हुन नदिएको, तर भोलिपल्ट त्यही ठाउँमा अर्को पार्टीले साढे ४ सय मान्छे जम्मा गरेर कार्यक्रम गरेको ओलीले बताए ।
एमाले अध्यक्ष ओलीले अघि भने, ‘स्काउटका कार्यकर्ता विभिन्न जिल्लाबाट आउँदा बस बसबाट उतार्ने काम भयो । खाना नदिएर रोक्ने काम भयो । सभा गर्न दिइएन । दमन शुरु भइसक्यो । मान्छेहरु निष्कासन हुन थालिसके ।’
यो भद्दा राजनीतिकरण र अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्र भएको उनले बताए ।
एमाले अध्यक्ष ओलीले यस्ता कदम सच्याउन सरकारलाई खबरदारी समेत गरेका छन् । उनले अघि भने, ‘प्रतिवाद पनि गर्छौं र आवश्यक पर्यो भने प्रतिरोध पनि गर्छौं ।’